Latest News

विराटनगरमा मधेसीले लगाए, ‘राजा आउ देश बचाऊ’को नारा

King-Gyanendra_677639cविराटनगर, १८ मंसिर– ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउँदै बिहीबार विराटनगरमा राजावादीले प्रदर्शन गरेका छन् । नेपाल विद्युत परिषद् मोरङको आयोजनामा राजसंस्था स्थापना हुनुपर्ने, हिन्दु अधिराज्य नेपाल हुनुपर्ने, अखण्ड नेपाल हुनुपर्ने र राजासँग भएको सम्झौता लागू हुनुपर्ने माग राख्दै राजावादीले र्‍याली निकालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शन हुने जानकारी अगाडि नै पाएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो ।र्‍यालीमा अधिकांश मधेसी समुदायको सहभागिता थियो । परिषद्का मोरङ अध्यक्ष पुष्पराज दाहालका अनुसार शनिहाटबाट सुरु भएको र्‍याली मेनरोड, गोल्छाचोक, जलजलाचोक, गुद्रीचोक हुँदै महेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा दाहालले जनआन्दोलनपछि पुर्नस्थापित प्रतिनिधिसभाले राजासँग गरेको सम्झौता लागू हुनुपर्ने माग गरे । राजसंस्थाको उत्ताधिकारी संसद्ले तोकेको व्यक्ति हुने भनेर त्यतिबेला राजा र प्रतिनिधिसभाबीच सम्झौता भएको दाबी उनले गरे ।
अन्नपूर्ण पोस्टबाट
Loading...