Loading...
संयुक्त तमुवान संघर्ष समिति र मगरात संघर्ष समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले झगडा गरे पनि आफ्नै भूमिमा गर्ने र आन्तरिक मामिला आफै समाधान गर्ने बताउनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ‘मधेस टुक्रयाउने’ अभिव्यक्तिलाई काउन्टर गर्दै यादवले भारतसामू नेपालको शिर नझुकाउने धारणा राख्नुभयो ।
आदिवासी जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङले नामाङ्कन र सीमाङ्कनबिनाकोसंविधानलाई आदिवासी जनजातिले स्वीकार गर्न नसक्ने बताउनुभयो । रासस
Loading...
Social Buttons