Latest News

हामी वार्ता र संवादबाट समस्याको निकास खोज्न चाहन्छौँः महतो

वीरगन्ज, १ पुस– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ता प्रक्रियाबाट नै भाग्न खोजेको आरोप लगाएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी वार्ता रfसंवादबाट समस्याको निकास खोज्न चाहेका छौँ, तर सरकार वार्ताको वातावरण बनाउनुभन्दा पनि बिगार्न र वार्ताको प्रक्रियाबाट नै भाग्ने दाउमा छ ।’
अध्यक्ष महतोले संसद्मा प्रस्तुत संविधान संशोधनसम्बन्धी प्रस्तावले मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने भएकाले एकमुष्टरुपमा सहमति खोज्नुपर्नेमा जोड दिँदै मधेसी जनताको माग र भावनाविपरीत सरकारले उक्त विधेयक संसद्मा पेस गरेर मोर्चासँग वार्ता र संवादको वातावरण बिगार्ने काममा लागेको धारणा राखे ।
Loading...