Latest News

श्रीमानले नै परपुरुषसँग यौनसम्पर्क गर्न बाध्य पारीएकी युवतीको ब्यथा !!!

फाइल तस्वीरएजेन्सी । हाम्रो समाजमा आफ्नो श्रीमान अथवा श्रीमती पर पुरुष वा स्त्रीसँग लागेको हेर्न सकिदैन् र त्यो कल्पना गनै पनि सकिँदैन् ।
तर, यहाँ एक पुरुषले आफ्नी श्रीमतीलाई परपुरुषसँग सम्बन्ध राख्न लगाएका छन् । घटना भारतको मध्य प्रदेशको इन्दौरको हो । जहाँ एक समलैंगिक पतिले आफ्नी पत्नीलाई परपुरुषसँग शारीरिक सम्बन्ध राख्न लगाएका हुन् ।
पीडित महिलाको आरोप छ कि उनका पति शारीरिक र मानसिक रूपमा उनलाई यातना दिनुका साथै दाइजो माग्छन् । उनको उजुरीपछि प्रहरीले मुद्दा दर्ता गरेर घटनाको छानविन सुरु गरेको छ ।
पीडित महिला उमरिया जिल्लामा बस्दै आएकी छिन् । उनको विवाह करिब पाँच महिने पहिला भएको थियो । विवाहपछि उनलाई थाहा भयो कि उनका पति समलैंगिक हुन् । विवाहको केही दिनपछि उनका पतिले परपुरुषसँग शारीरिक सम्बन्ध राख्न दबाब दिन थाले । उनी आफ्ना साथीबाट श्रीमतीसँग शारीरिक सम्पर्क राख्न लगाएर दाइजोको पैसा असुल्न चाहन्थे । पीडित महिलाका अनुसार श्रीमानका एक साथीले उनीसँग जबरजस्ती शारीरिक सम्बन्ध पनि राखे । त्यसपछि उनी भागेर प्रहरी चौकी पुगेकी थिईन् ।
प्रहरीका अनुसार २५ वर्षीय पीडित महिलाको उजुरीपछि श्रीमान र शारीरिक सम्पर्क राख्ने अर्का पुरुषविरुद्ध मुद्दा दर्ता गरिएको छ । महिलाका पति र परिवारसँग सोधपुछ गरिएको छ । पीडित महिलालाई माईतीघर पठाइएको छ ।
Loading...