Loading...
आखिरमा चपेटामा पर्ने हाम्रै श्रृजनशिल नानीका जीवन नै हो। कस्तो बिडम्बना भनौ या कस्तो मानसिकता ।वास्तविकता र यथार्थ मात्रै जान्ने चाहा हामीमा हुदो हो त यी भयावह अवस्थाका मुकदर्शक हुनु न पर्ने थियो। के गर्नु सूर्यलाई हातले छेक्न खोजे सरी कहाँ पो यथर्थलाई छेक्न सक्दिो रहेछ र? हाम्रो देशमा अधिकांश मानिसहरु गरिबीको रेखामुनि नै छन्। त्यस परिणामको पहिलो शिकार नै मूलत बालबालिका भएका छन्।
शिक्षा,स्वास्थ्यबाट दुर्गम दुरदराजका बालबालिका प्रत्यक्ष असरमा परेका छन्। सरकारले देशमा रोजगारीको अवसर सिर्जना गर्नु आवश्यक छ । त्यही रोजगारीको अभावले गर्दा बालबालिकालाई मजदूरी गर्न शहर पठाउछन्। सपना सजाउने बेलामा ,किताब बोक्ने बेलामा उनीहरु बालश्रमिक हुन बाध्य छन्।एक पटक हामीले सोध्ने हो भने पक्कै पनि यस्ता नानीहरुको वास्तविकता बुझथ्यौ कि हामीले।आÏना नानी सबैका लागि प्राण भन्दा प्यारो नै हुन्छ । त्यो माया केबल धनीको मात्र हुन्छ भन्ने छैन्,महङ्गा विद्यालयमा नहाल्दैमा कुनै अभिभावकले कम माया गरेको भन्न मिल्दैन्।
वास्तविकता ज्यादै मर्मस्पशी हुन्छ।उनीहरु बाध्य छन् के गर्नु सरकार मात्र रमिते भएको छ। काठमाण्डौंमा हजारौ विधार्थी महंगा विद्यालयमा भर्ना गराउन दौड धुप भनसुन नै चल्छ । मेरो छोरा या छोरी यसमा उसमा पढ्छे भनेर छाती फुलाई रहदा मेरो मन ज्यादै दुख्छ । बिचारा ति अबोध भोका नानीहरु एक छाक मात्रै खान पाए कस्तो होला सोच्दै दिन बिताउन विवश छन् । सरकारले पनि शिक्षामा जोड दिन आवश्यक छ ।
सर्वप्रथम त रोजगारको सिर्जना गरेर हरेक परिवारलाई आत्मनिर्भर बनाउन आवश्यक छ । सरकारी विद्यालयको गुणस्तर बढाउन आवश्यक छ।जसले गर्दा गाउँ गाउँबाट बालश्रमिक होईन दक्ष जनशक्ति उत्पादन होस् । जब सम्म राष्ट्र शिक्षित हुदैन् तब सम्म हाम्रो बालबालिकाको भविष्य उज्जवल हुन सक्दैन् ।
Loading...
Social Buttons