Latest News

यी हुन् राजेश हमालले पास गर्न नसकेका दुई विषय, जसमा सधै असफल भए

Rajhesh-Hamalकाठमाडौं । नेपालका महानायक हुन् राजेश हमाल । उनले चाँहे जे पनि गर्न सक्छन् भन्ने बुझाई उनका दर्शकमा रहेको पाइन्छ ।
तर, हमालले आफ्नो जीवनमा गर्न नसकेका दुई क्षेत्रका बारेमा बुधबार खुलाएका छन् । अभिनयमा पनि उपयुक्त डान्स गर्न नसक्ने भनेर चिनिएका हमालले दुई अलग्गै क्षेत्रमा जीवनकै आधा दशकको यात्रामा पनि सफल हुन नसकेको बताए ।
बुधबार राजधानीमा ‘हामी उठ्नेछौं’ नामको सामुहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै हमालले दुई क्षेत्रमा जति प्रयास गर्दा पनि आफू सधै असफल भएको सुनाए ।
उनले भने- ‘पहिलो म्युजिक इन्स्ट्रुमेन्ट बजाउन र दोस्रो पेन्टिङ गर्न । त्यसैले पेन्टिङ गर्ने व्यक्तिप्रति मेरो सधैं झुकाव रहन्छ । मैले आफूले प्रयास गर्दा पनि नसकेकाले यस्तो कला गर्न जान्ने मान्छे मलाई सधैं मनपर्छ । म सधैं कदर पनि गर्छु । आर्ट मन पर्ने भएकाले विदेश पुगेका बेला आर्ट म्युजियममा मैले घण्टौं बिताइदिएको छु ।’
उनले कला संस्कृति बचाउन पेन्टिङको महत्वपूर्ण भुमिका हुने समेत बताए ।
Loading...