Latest News

दिल्ली गएका मधेसी मोर्चाका नेतालाई ‘टेन्सन’; मोदी पछि हटे

काठमाण्डु, २३ मंसिर– मधेसमा जारी आन्दोलनको विषयलाई लिएर भारत भमणमा रहेका मधेसी दलका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भनिएता पनि उनीसँग भेट हुन सकेन । मधेसी दलका नेताहरु मधेसका मुद्धालाई लिएर भारतका विभिन्न राजनीतिक दलका नेता, विदेशमन्त्री सुषमा स्वराज, मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव एस जयशंकर लगायतकासँग भेट गरे ।
India
Indiaमधेस आन्दोलनको समर्थन जुटाउन दिल्ली गएका मधेसी दलका नेताले दिल्ली भ्रमणका क्रममा जे साचेका थिए त्यसो हुन सकेन । उनीहरुले भारतीय पक्ष विशेष गरी मोदी सरकारले मधेसको मुद्धालाई सम्बोधन गर्दै मधेस आन्दोलन अझ बलियो पार्न भारतले सहयोग गर्ने उपेक्षा लिएका थिए । तर, सोमबारदेखि सुरु भएको उनीहरुको भेटवार्ताकै दिन भारतको राज्यसभामा नाकाबन्दीका विषयमा ३ घण्टा लामो बहस भएपछि मोर्चाको भ्रमणलाई अशुभ संकेत मिलेको थियो ।
जुन क्रम पछिसम्म पनि जारी रह्यो । उनीहरले विपक्षी दलका नेतासँग भेट्दा पनि धेरैले मधेस आन्दोलन र उनीहरुको मुद्धामा पूर्णरुपमा साथ दिएनन् । भारतीय नेताले नाकाबन्दी अमानवीय भएको, तराईलाई पहाडसँग छुट्टाएर सीमांकन गर्न नहुन, समस्याको समाधान वार्ताबाटै खोज्नुपर्नेे लगायतका सुझाव मोर्चाका नेतालाई दिए । उनीहरुले नेपालको आन्तरिक मामिला भएकाले वार्ताबाटै यसको समाधान खोज्न आग्रह गरे । विदेशमन्त्री स्वराजसँगको रात्रीभोजका क्रममा भएको छलफलमा पनि स्वराजले नाकाबन्दी तत्काल हटाएर सरकारले तयार पारेको ३ बुँदे रोडम्यापमा छलफल गर्न र ३ महिनापछि सीमांकनको विषय टुङ्याउनका लागि समिति बनाएर अघि बढ्न आग्रह गरिन् । मोर्चाका नेता भारत भ्रमण र भारतको सल्लाहबाट खुसी छैनन् भन्ने कुरा त्यहाँ खिचीएका तस्बिरमा खेखिएको निराशाले पनि संकेत गरकेो छ ।
Morcha India
भेटका क्रममा मधेसी मोर्चाले आन्दोलन धेरै अघि बढेकाले अब आफूहरु पछि नहट्ने बताएपनि भारतले तत्कालको अवस्था बुझ्न र सदनबाट संविधान संशोधन प्रस्ताव पास गराएर सरकारसँग वार्तामा बस्न दबाब दियो । सीमांकन लगायतका समस्या समाधानका लागि समिति बनाएर अघि बढ्न र तीन महिनासम्म पनि त्यसबाट कुनै निकाश आउन नसके त्यसबारे फेरि सोच्न स्वराजले मोर्चाका नेतालाई आग्रह गरेको स्रोतको दावी छ ।
दिल्ली दौडमा रहेका मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महत्तो, महन्थ ठाकुर, महेन्द्र यादव लगायतले मोदीसँग भेट्ने ठूलो आश बोकेका थिए । तर, उनीहरुले मोदीसँग भेट गर्न पाएनन् । भारतको सदनमै मधेसी मोर्चाको विषय नेपालको आन्तरिक मामिला भएकाले त्यसमा भारतले हस्तक्षेप गर्न नहुने भन्दै आवाज उठेपछि मोदी पछि हटेको स्रोत बताउँछ । यतिमात्र नभएर कश्मिरका आन्दोलनकारीसँग पाकिस्तानको भेट हुँदा आलोचना गर्ने मोदी सरकारका प्रधानमन्त्रीले नै स्वयंम नेपालको मधेस आन्दोलनकारीसँग भेट्दा गलत सन्देश जाने देखेपछि मोदीले उनीहरुसँग नभेटेका हुन् ।
मोदीले मोर्चाका नेतासँग नभेटेता पनि उनका सुरक्षा सल्लाहकार अजितले उनीहरुसँग भेटघाट गरे । मोर्चाका नेतालाई उनले मोदीले भेट्न नसकेको बारे ‘कन्भीन्स’ गराएका थिए । मोदीको सूचना मोर्चासँग पुर्याउने क्रममा अजितले तत्काललाई सीमा आवरोध नगर्न र संविधान संशोधन गरी केही समयलाई राजनीतिक रुपमै समस्याको समाधान खोज्न आग्रह गरेका थिए । यसरी मधेसका मुद्धामा जनमत निकाल्न दिल्ली पुगेका नेताको भ्रमण खासै फलदायी भने भएन । पटक–पटक वार्ताबाट सहमति जुटाउन खोज्दा त्यसलाई इंकार गर्दै आएका मधेसी नेता अब फेरि एकपटक वार्तामै बसेर समस्या समाधानका लागि पहल गर्नुपर्ने भएको छ ।
तर, भारतमा रहेका मेधसी मोर्चाका नेतालाई उदृढ गर्दै एक नेताले भारतले मधेस आन्दोलनका विषयमा कुनै दबाब नदिएको बताउँदै उनले भारतको आग्रहमा नाकाबन्दी नगरी आफै गरेकाले सीमा अवरोध गर्ने नगर्ने मधेसीको आन्तरिक विषय भएको बताए । उनले नेताहरु नेपाल आएपछि वार्ता गर्ने वा नगर्ने, आन्दोलनको रुप परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिइने जानकारी दिए । मधेसी नेता बुधबार साँझ ९ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।
Loading...