Latest News

६० वर्षीय महिलाले ४० वर्षका पुरुषसँग अनैतिक सम्बन्ध राख्दा‘; गाउँका महिलाहरुले निर्घात कुटपिट

एजेन्सी । भनिन्छ तन बुढो भएपनि मन बुढो हुँदैन् । यो भनाईलाई यहाँको एक घटनाले सावित गरिदिएको छ ।
बुढेसकालमा परपुरुषसँग यौन सम्बन्ध राख्दा एक महिलाले कुटाइ खानुपरेको छ । भारतको त्रिपुरामा ६० वर्षीय महिलाले ४० वर्षका पुरुषसँग यौनसम्बन्ध राखेपछि गाउँका महिलाहरुले निर्घात कुटपिट गरेका छन् ।
उनलाई अस्पताल भर्ना गरिएको छ । गाउँको नाक काटेको भन्दै स्थानीय महिलाहरुले उनलाई रुखको फेदमा बाँधेर कुटेका हुन् । कुटेर रातभरी रुखमै बाधेको अवस्थामा उनी विहान वेहोस फेला परेकी थिईन् ।
केही स्थानीय युवाहरुले उनलाई अस्पताल लगेका थिए । स्थानीय महिलाहरुले पीडितको कपाल काटेर पुरै गाउँभरी घुमाएका समेत थिए । घटनाबारे पीडित महिलाले प्रहरीमा उजुरी दर्ता गरेपछि ६ महिला पक्राउ परेका छन् ।
उप प्रभागीय पुलिस अधिकारी एसके पालले भनेका छन्– आफ्ना छिमेकी पुरुषसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि महिलालाई सबक सिकाउन कुटपीट गरेको अनुसन्धानमा खुल्न आएको छ । तर, पीडित परिवारले यो आरोपको खण्डन गरिरहेको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
Loading...