Latest News

प्रचण्डले भने,‘मलाई पनि यो संविधान खासै मन परेको छैन’

काठमाडौ, १५ मंसिर । संविधान जारी गर्न प्रमुख भूमिका निर्वाह गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पनि संविधान मन नपरेको बताएका छन ।
संघीय समावेशी मधेसी गठबन्धनका नेताहरुसँगको भेटवार्तामा उनले आफैले जारी गरेको संविधान आफूलाई पनि मन नपरेको बताएका हुन ।
image
(फाइल फोटो)
प्रचण्डले तत्कालिन अवस्थामा संविधानसभाबाट संविधान जारी नगरेको भए संविधानसभा बाहिर अरु कतैबाट संविधान आउने स्थिति पैदा भएपछि आफूले मन नपराउँदा नपराउँदै पनि बाध्यताले संविधान जारी गर्न भूमिका खेल्नु परेको भन्दै संविधान एमाओवादीकै कारण आएको दावी गरे ।उनले भने,‘संविधान जारी नभएको भए संविधान अरु कतैबाट आउथ्यो । त्यसो भएको भए माओवादीले गरेको आन्दोलन र शान्ति प्रक्रिया असफल हुन्थ्यो त्यसैले हामीले नै संविधान ल्याएका हौ ।
प्रचण्डले मधेसीले अगाडि सारेको माग जायज भएको भन्दै त्यसलाई संबोधन गर्न आफू तयार रहेको भन्दै नेपाली काग्रेस र एमाओवादीवीच मधेसीको मागमा सहमति बनेर साझा खाँका बनाउन सके त्यसमा एमालेलाई ल्याउन सक्ने ठोकुवा गरे । उनले काग्रेस र एमाओवादीवीच साझा धारणा बनाउने भूमिका खेल्न आग्रह गर्दै भोली हुने बार्तामा सहमतिको अधिकतम प्रयास गरिने बताए ।
प्रचण्डले अतिवादी ढंगले माग उठाएर मात्रै संबोधन नहुने भन्दै मधेसी दलहरुलाई साझा धारणा बनाएर लचिलो भएर बार्तामा आउन आब्हान गरे ।उनले भने,‘ एक पक्षसँग बार्ता सफल होला भोली अर्को अतिबाद आउने खतरा पनि छ, त्यसतर्फ सबै सचेत र गंभिर हुनु पर्छ ।’
Loading...