Loading...
इटहरी, ९ मंसिर – सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा बुधबार बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् ।
घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारार्थ ल्याइएको छ । भारतीय विहारबाट सामान लिएर सुनसरीतर्फ आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल र स्थानीयवासीबीच भनाभन हुँदा गोली चलाइएको हो । अहिले सो क्षेत्र तनावग्रस्त छ ।
Loading...
Social Buttons