Latest News

गृहमन्त्रीले भने- अब तराई मधेसमा गाडी चल्छ, रोक्नेलाई कडा कारवाही हुन्छ

Home-minister (2)
सुनसरी, १३ मंसिर । गृहमन्त्री शक्ति बस्नेतले तराई मधेसमा सहज रुपमा सवारी चल्ने बताउनुभएको छ ।
सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको पूर्वी मुख्यालयमा भएको सुरक्षा बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले बस्नेतले बन्द रहेका तराई मधेसका राजमार्ग सूचारु हुने बताउनुभयो । उहाँले भन्नुभयो– अब तराईका राजमार्गका गाडी गुड्छन् । रोक्नेमाथि कडा कारवाही हुन्छ । बल प्रयोग हुन्छ ।
क्षेत्रीय बैठकमा मन्त्री बस्नेतले राजमार्ग खुलाउन सुरक्षा निकायलाई कडा निर्देशन समेत दिनुभएको छ । हाल मधेसी मोर्चाको बन्दको कारण तराईमा एकसय भन्दा बढी दिनदेखि सार्वजनिक सवारी चलेका छैनन् ।
प्रहरीले रातको समयमा स्कर्टिङ गरेमात्रै सवारी गुड्छन् । उहाँले मधेसमा भइरहेको गतिविधिको सुक्ष्म अध्ययन भइरहेको र राजनीतिक बाहेकका गतिविधिलाई निरुत्साहित गर्दै जाने भनाई राख्नुभयो । 
Loading...