Latest News

मधेसीको हकका लागि भारतीय जनता दलले लड्ने लालु यादवको चेतवानी !!!

india media 3काठमाडौं, मङ्सिर १३ । भारतको विहार चुनाव पछि र नितिश कुमार पुन मूख्य मन्त्री भएपछि भारत नेपालको सिमा अवरोधले समाधान पाउन सक्ने आंकलन गरिएको थियो । तर विहारमा सर्वाधिक सिट जितेको र नितिश कुमार सरकारमा मुख्य हिस्सा ओगटेको लालु यादव नेतृत्वको भारतीय जनता दल आरजेडी ले मधेसीको हकका लागि लड्ने बताएको छ ।
पार्टीका केन्द्रिय उपाध्यक्ष रघुबंश प्रसाद सिंहले शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालका मधेसीसमुदायलाई नयाँ सविधानले अधिकार नदिएको भन्दै उनीहरुको हकका लागि आरजेडि लड्ने बताएका छन् । सिंहले नेपालमा मधेशीलाई नागरिकतालगायतका विषयमा समान अधिकार दिलाउन नेपालको सीमावर्ती जिल्लामा जनसमर्थन जुटाउन सक्रिय हुने बताएका छन् ।
उनले नेपालसँग बेटी–रोटीको सम्बन्ध रहेको र करिब बीस लाख भारतीय नागरिकको विवाह नेपालमा भएको, करिब ६० लाख नेपाली भारतमा बस्ने गरेको भन्दै मधेश मामिलामा चुप बस्न नसकिने बताए ।
उनले नेपालमा जारी भएको नयाँ संविधानमा मधेशीलाई समान अधिकार नदिइएको र मधेशीसँग दोहोरो दर्जाको नागरिक सरह व्यवहार भइरहेको बताउँदै नेपालसँग सीमा जोडिएका सबै भारतीय राज्यका मुख्यमन्त्रीलाई भारतको केन्द्र सरकारसँग यस विषयमा कुरा गर्न आह्वान गरे ।
सिंहले नेपालको तराई वा मधेश क्षेत्रको २२ जिल्लामा ५१ प्रतिशत जनता बस्ने र पहाडका जिल्लाहरुमा ४९ प्रतिशत जनता मात्र बस्ने हुँदा पनि पहाडी क्षेत्रमा १०० र मधेशमा ६५ वटा क्षेत्र बनाएर विभेद गरिएको भारतीय सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
सिंहले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउन आफुले पहल गर्ने पनि बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।
Loading...