Latest News

सुनसरीमा नेपालीमाथि गोली चलाइएको होइन, उल्टै एसएसबीमाथि आक्रमण भयोः भारत

Indian_National_Flagकाठमाण्डु, ९ मंसिर– दक्षिण छिमेकी भारतले सुनसरीमा नेपालीमाथि आफ्ना सुरक्षाकर्मीले गोली नचलाएको दाबी गरेको छ ।
नेपालस्थित भारतीय दूतावासले बुधबार विज्ञप्तिमार्फत सीमा सुरक्षा बल ‘एसएसबी’ ले नेपालीलाई लक्षित गरी गोली नचलाएको जिकिर गरेको हो ।
सुनसरीको हरिहरपुर–७ भण्टाबारीमा साइकलमा रासायनिक मल ल्याइरहेका किसानमाथि एसएसबीले चलाउँदा चारजना घाइते भएका थिए ।
घाइतेको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । विज्ञप्तिमा केही तस्करहरु नेपालबाट भारतीय भूमि प्रवेश गरेको र उल्टै एसएसबीको गस्ती टोलीमाथि आक्रमण गरेको दाबी गरिएको छ ।
जवाफी कारबाही स्वरुप एसएसबीले हवाई फायर गरेको तर कसैलाई गोली नलागेको दाबी भारतीय पक्षको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्तले भने एसएसबीले नेपालीमाथि गोली चलाएको पुष्टि गरे ।
यसैबीच संसदको राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्री शक्ति बस्नेतले भारतीय एसएसबीको गोली प्रहारबाट चार नेपाली घाइते भएको जानकारी दिएका छन् ।
press note indian embassy
Loading...