Loading...
पाकिस्तानले भारतसँग लड्नका लागि छोटो आणविक हतियार निर्माण गरेको दाबी गरेको छ । भारतीय रबैयाको निन्दा गर्दै पाकिस्तानले छोटो तर शक्तिशाली आणविक हतियार बनाएको दाबी गरेको हो ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग अमेरिकी भ्रमणमा रहेका विदेश सचिव एजाज चौधरीले भारतलार्इ जबाफ दिनका लागि साना तर शक्तिशाली एटमी हतियार बनाएको पुष्टि गरेका हुन् ।
मंगलबार वासिंगटनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘भारतको कोल्ड(स्टार्ट डक्ट्रिन) र हमलाको खतरासँग जुध्न हामीले साना तर शक्तिशाली एटमी हतियार बनाएका छौं ।’
समाचार अनुसार यसअघि पनि पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुसर्रफ र सेना प्रमुख राहिल सरिफ जस्ता पाकिस्तानका राजनीतिक र सैन्य नेतृत्वले भारतविरुद्ध कडा टिप्पणी गर्दै आएका थिए ।
सन् २०१० मा भारतीय संसदमा भएको हमलापछि भारतीय सेनाले ‘पराक्रम’ अपरेशन थालेको थियो । पाकिस्तानी सीमामा यसका लागि विशेष योजना बनाइएको थियो । यसअघि सन् २००८ मा मुम्बर्इमा हमला भएको थियो ।
त्यसपछि भविष्यमा पाकिस्तानको भूमिबाट कुनै पनि षड्यन्त्रपू्र्ण हमला रोक्नका लागि भारतीय सेनाले नयाँ रणनीति तय गरेको थियो । यो ‘कोल्ड स्टार्ट’ पोलिसीका अनुसार भारतीय सेनाले ‘स्विफ्ट रिएक्सन’ (तुरुन्त जवाफी कारबाही ) को रणनीति बनाएको थियो ।
पाकिस्तानले भारतविरुद्ध लड्न आणविक हतियार बनाएको बताए पनि उसले अहिलेसम्म अमेरिकासँग कुनै किसिमको न्यूक्लियर सम्झौता भने गरेको छैन ।
पाकिस्तानी आर्मीले अगस्त अन्तिममा आफ्नो मुलुकको संसदीय समितिमा बताए अनुसार उसका लागि देश बाहिर भारतका अलावा कुनै अरु खतरा छैन।
भारतले पछिल्लो केही वर्षमा १ सय बिलियन अमेरिकन डलरको हतियार किनिसकेको छ । समाचारपत्र डनका अनुसार भारतले ८० प्रतिशत हतियार पाकिस्तानसँग भिड्नका लागि खरिद गरेको हो ।
पछिल्लो १० वर्षमा भारतल आफ्नो सेनाका लागि बजेट दुर्इ गुणा बढाएको छ । यो वर्ष भारतले रक्षा बजेट २।४६ लाख करोड रुपैयाँ अर्थात ४०।०७ बिलियन अमेरिकी डलर राखेको छ ।
यो बजेट पाकिस्तानको भन्दा तीन गुणा धेरै हो । पाकिस्तानको रक्षा बजेट ७८ हजार करोड भारतीय रुपैयाँ रहेको छ । पाकिस्तान सन् १९४७, १९६५ र १९७१ मा तथा १९९९ मा कारगिल लडाइँमा भारतसँग भिडन्त गरिसेकको छ ।
बुलेटिन अफ द एटोमिक साइन्टिस्टले मार्चमा जारी गरेको आफ्नो रिपोर्टमा बताए अनुसार पाकिस्तानसँग ११० न्यूक्लियर बम रहेका छन् । भारतसँग १०० न्यूक्लियर बम रहेका छन् । तर यो आँकडा सन् २०१२ मा बनाइएको हो ।
तीन साल यता यी दुर्इ देशले कतिय आणबिक हतियार वृद्धि गरे भन्ने तथ्यांक भने खुलाइएको छैन। एजेन्सी
Loading...
Social Buttons