Loading...
Ariesपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने र मौका गुम्ने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusगरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै सोचेभन्दा बढी नै लाभ हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतिष्ठित कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। कीर्तिमानी काम गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioस्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनयाँ ज्ञान सिक्ने मौका छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
आजको पञ्चाँग
वि.सं. २०७२ साल कात्तिक १८ गते। बुधबार।
इश्वी सन् २०१५ नोभेम्बर ४ तारिख।
नेपाल संवत् ११३५ कौला गा।
कार्तिक कृष्णपक्ष।
तिथि– अष्टमी, १०:०१ बजेउप्रान्त नवमी।
Loading...
Social Buttons