Loading...
नोभेम्बर ५ बिहिवारका दिन स्विजरल्याण्डको जेनेभास्थित राष्ट्रसंघ कार्यालय अगाडि नेपालमाथि भारतीय नाकाबन्दी बिरुद्ध प्रदर्शन हुने भएको हो । भारतीय नाकाबन्दीको बिरोध गरेर लेखिएका प्लेकार्ट बोकेर नेपाली र नेपालप्रेमी अन्य देशका नागरिकहरुले राष्ट्रसंघको भवन अगाडि प्रदर्शन गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको सेसनमा भाग लिन आएका मानव अधिकारवादी, वकिल र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताबीच भएको छलफलबाट यो निर्णय गरिएको हो । उक्त टोलीसित जेनेभामा मंगलवार साँझ ददि सापकोटाले छलफल गरेका थिए ।
नेपालबाट आएका संयुक्त राष्ट्र संघका लागि नेपालका प्रतिनिधी, मानव अधिकारवादी संस्था इन्सेक लगायत अधिकारकर्मी गोबिन्द बन्दी लगायत आधा दर्शन भन्दा बढि बिज्ञहरुले यो प्रदर्शनबारे छलफल गरेर निर्णय गरेका हुन् ।
उनीहरुले अहिले भारतले नेपालको संविधान मान्दैनौं, यस्तो संविधान बनाउनुपर्छ भन्दै धम्की दिएर नेपालमाथि गरेको नाकाबन्दीलाई सामान्य रुपमा लिन नहुने बताए । यसलाई बरु सिक्किमिकरणकै रुपमा नेपाललाई लैजान खोजेको र त्यसको सबै नेपालीले प्रतिकार, बिरोध गर्नुपर्ने बताए ।
यो मुद्दालाइ बिदेशमा बसेका नेपालीले हर तरहले सयोग र सहभागिता देखाउनुपर्ने, सकेसम्म विश्वभरिकै नेपालीले आआफ्नो ठाउँबाट यो मुद्दा उठाउनुपर्ने, अन्तर्रा्ष्ट्रिय समूदायको ध्यान खिच्नुपर्ने सुझाव दिए ।
संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी बैठकमा भाग लिन परराष्ट्रमन्त्री कमल थापापनि स्विट्जरल्याण्ड आइपुगेका छन् । मानव अधिकार संवन्धि बैठक भएपनि त्यहाँ भारतले नेपालमाथि गरेको नाकाबन्दीको बारेमा थापाले प्रश्न उठाउने बुझिएको छ । उनले खुट्टा नकमाउन् भनेर उनलाई मानव अधिकारवादी, वकिल र नेपाली पत्रकारहरुले ढाडस र सुझाव, दबाब दिएका छन् ।
मन्त्री थापाले भने यो नाकाबन्दीका बिरुद्द कुनै न कुनै तरिकाले बोल्ने आशा गरिएको छ । बरु भारतले गरेको नाकाबन्दीलाई कूटनितिक भाषामा कसरी सम्वोधन गर्ने –जस्तै (ब्लकेज, इन्टरफेयर, सर्टेज जस्ता शब्द कुन छान्ने) भन्ने विषयमा विमर्श भैरहेको छ ।
नेपालकै परराष्ट्र मन्त्रीले संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा यो प्रश्न उठाइदिएपछि भारतमाथि दबाब दिन र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सजिलो हुने मानव अधिकारवादी र कानुनबिदहरुले बताए ।
Loading...
Social Buttons