Latest News

उपत्यकामा शुक्रबार बिहान १० बजेदेखि मानवसांङलो

काठमाण्डु, ११ मंसिर– दुई महिनादेखि भारतले लगाएको नाकाबन्दीको विरोधमा शुक्रबार उपत्यकामा मानवसाङ्लो बनाइने भएको छ ।
उपत्यकाको २७ किलोमिटर चक्रपथ र अन्य मुख्य क्षेत्रमा मानवसाङ्लो बनाएर अन्तराष्ट्रिय समुदायको समेत ध्यानआकृष्ट गर्ने तयारी भएको हो । बिहान १० देशि ११ बजे बनाउन लागिएको मानव सांङ्लोको अगुवाई शैक्षिक संस्थाहरुले गरेका छन् । प्याव्सन, एन–प्यावसन्, शिक्षक संगठनहरु, विद्यार्थी संगठनहरुको सहभागीता रहनेछ ।
कार्यक्रममा प्रतिपक्ष नेपाली कांग्रेसले पनि समर्थन र सहभागिता जनाउने भएको छ । नेपाली कांग्रेसले आफ्ना भातृसंगठनहरुलाई मानवसांङ्लोमा सहभागी हुन निर्देशन दिएको छ ।
Loading...