Latest News

मधेशी र पहाडीबीच युद्ध हुने भन्दै सद्भावना नेता कर्णले दिए यस्तो चेतवनी (भिडियो सहित)

मधेसी मोर्चा बार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले सरकारसँगको वार्ता सकारात्मक अवस्थामा पुगेको बेलामा बीरगंजमा भएको घटनाले सरकार आफै वार्ता सार्थक परिणाममा पुग्न नदिने रणनीतिमा रहेको आरोप लगाउँदै यस्तै भए आफूहरुले वार्ता भंग गर्ने चेतावनी दिए ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘आईतबार राम्रो अवस्थामा वार्ता गरेर निस्कियौं । चार पाँच दिन छलफल गरेर बस्ने भनेकोले सकारात्मक भनेका थियौं । सरकारले सेना परिचालन, कफ्र्यूको अवस्था आउन दिन्न भनेको थियो । तर सोमबार बिहानै वीरगंजमा अन्धाधुन्ध दमन गरेको छ । टेन्ट जलाएको छ, कम्बल लगेको छ । यसले राज्य आफै बार्ता सफल हुन नदिने रणनीतिमा लागेको पुष्टि भएको छ । प्रधानमन्त्री र गृहमन्त्री न वार्ता भाड्न लागेका छन् । वीरगंज घटनामा उनीहरुनै दोषी छन् ।’
कर्णले थपे, ‘मधेसमा जातीय हिंसा भईरहेको छ । यस्तै हो भने मुलुकमा जातीय यूद्ध सुरु भयो । मुलुक गृहयूद्धमा गयो । यसले मधेसी न पहाडी कसैलाई फाईदा गर्दैन ।’

Loading...