Latest News

नेपालले दियो भारतलाई कडा चेतावनी – भविष्यमा झापाको घटना नदोहोरियोस्

press_releaseकाठमाडौं, मंसिर १। झापाको केचनामा सीमा सुरक्षा बल हतियारसहित नेपाल प्रवेश गरेको विषयमा नेपालले भारतलाई चेतावनी दिँदै भविष्यमा यस्ता घटना नदोर्याउन भनेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी आइतबार बिहान ७ बजे झापाको केचना–४ स्थित खुट्टामुनि गाउँमा एसएसबीका १३ जना सुरक्षाकर्मी हतियार सहित नेपाली सीमामा प्रवेश गरेको घटनाप्रति गम्भीर चासो जनाएको हो।
विज्ञप्तीमा आइतबार बिहान गैरकानुनी रूपमा भारतीय सीमा सुरक्षा बलका १३ जवान नेपाल प्रवेश गरेका, उनीहरूलाइ सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी अनुसन्धान गरेको र करिब ८ घन्टासम्म नेपाली सुरक्षाकर्मीले केरकार गरेपछि उनीहरूलाइ भारतको किसनगन्ज एसएसबीका १२ बटालियनका अधिकारीको जिम्मा लगाइएको उल्लेख गरिएको छ ।
उक्त घटनाप्रति परराष्ट्र मन्त्रालयले आइन्दा यसरी नेपाल प्रवेश गर्ने घटना नदोहोर्याउन नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतलाई भनेको छ ।
Loading...