Loading...
१४ कात्तिक-संयुक्त राष्ट्रसंघले नेपालमा अघोषित नाकाबन्दी गर्दै आएको भारतलाई कार्वाही हुनसक्ने संकेत गरेको छ ।\सुरक्षा परिषदमा स्थायी सदस्य दिनुपर्ने माग राख्दै आएको भारतलाई राष्ट्रसंघले उक्त सदस्यता नदिएर कार्वाहीको संकेत गरेको हो । नेपालको पारवाहन र मानवीय अधिकारको हनन् गरेबापत् भारतलाई सुरक्षा परिषद्का् सदस्य नदिइन सक्ने राष्ट्रसंघको भनाई छ । संयुक्त राष्ट्रसंघले भारतले नाकाबन्दी गर्दै आएदेखि नै नेपालबारे चासो दिन थालेको थियो । तर भारतलाई यो कार्वाही हुनका लागि नेपालले औपचारिक रुपमा राष्ट्रसंघलाई आफ्नो देशमा नाकाबन्दी गरेको भनेर जानकारी गराउनुपर्नेछ ।
राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले यसपटकको सुरक्षा परिषद बैठकमा अहिलेको विषम परिस्थितीमा नेपाललाई गर्न सकिने सहयोग बारे समेत छलफल हुने बताएका छन् । भारतले नाकाबन्दी गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आफूलाई परेको समस्याबारे खुलेर भन्न सकिरहेको छैन ।
Loading...
Social Buttons