Loading...
काठमाण्डु, ११ कात्तिक– भर्खरैमात्र सद्भावना पार्टी परित्याग गरेकी मधेसी नेतृ सरिता गिरीले सरकारलाई मधेस समस्या समाधान गर्न नसके युद्धको घोषणा गर्न चुनौती दिएकी छिन् ।
सरकारले मधेसलाई यस देशका जनता नमानेको संकेग गर्दै गिरीले आफ्नो फेसबुक स्ट्याटसमार्फत वार्ताबाट मधेसका माग पुरा गरेर आम जीवनलाई सहज बनाउन आग्रह गरेकी छन् ।
उनले सरकारलाई वार्ता वा सम्झौता कि त युद्धको बाटो रोज्न कडा चुनौति दिएकी छन् ।
Loading...
Social Buttons