Latest News

आफ्नै कारभित्र किशोरी बलात्कार सभासद को हुन् ?

एजेन्सी । भनिन्छ महिलाको जवानीका अगाडि भगवानको ध्यान पनि भंग हुन्छ । तर, यहाँ पृथ्वीमै महिलाको सुरक्षाका लागि नीति निर्माण तहमा रहेका एक सभासदको समेत ध्यान भंग भएको छ ।
महिलाहरुलाई बलात्कारबाट बचाउन नियम कानुन निर्माण गर्ने निकाय संविधानसभाका सभासदले आफ्नो पदीय मर्यादा बिर्सिएर किशोरीको कारभित्रै बलात्कार गरेका छन् ।
भारतको असममा किशोरी बलात्कार अभियोगमा सभासद गोपीनाथ दासलाई संसद भवनबाटै पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किशोरी बलात्कारपछि दास लुकीछिपी बस्दै थिए । दासलाई पक्राउ गरी पुलिसले असमको कामरुम जिल्ला अदालतमा कारवाहीका लागि पेस गरेको छ ।
अभियुक्त दास अल इण्डिया युनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ)का सांसद हुन् । उनी बोको विधानसभा क्षेत्रबाट चुनिएका थिए । असमको कामरुप जिल्लाका एसपी इन्द्राणी बरुणाले आफ्नै घरमा काम गर्ने किशोरीलाई कार सफा गर्न बोलाएरै सांसद दासले कारभित्रै बलात्कार गरेको जानकारी दिए ।
उनले भने– ‘कार सफा गर्न बोलाएर घरको बगैचाँमा राखिएको कारभित्र मुख बन्द गरी किशोरीको बलात्कार गरिएको अनुसन्धानमा खुलेको छ । पक्राउ गरी थप कारवाही अगाडि बढाउन अदालत समक्ष पेस गरेका छौं ।’ पीडित परिवारको उजुरीमा पुलिसले मुद्दा दर्ता गरी दासलाई पक्राउ गरेको हो । पक्राउ परेसँगै दासको सांसद पद खारेज गरिएको छ ।
Loading...