Loading...
विराटनगर, २२ असोज । विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् ।
सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । साथै मालवाहक ट्रक, कच्चापदार्थ बोकेका ट्रकहरु छन् । वेलुकीसम्म थप पेट्रोलियम पदार्थसहितका गाडी आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।
सो नाकाबाट बिहीबार पेट्रोलियम पदार्थ बोकेका एउटा पनि गाडी भित्रिएका थिएन । आज विहानैदेखि पेट्रोलियम पदार्थका गाडीहरु भित्रिने क्रम सुरु भएको हो । रासस
Loading...
Social Buttons