Loading...
हत्याकाण्डलगत्तै तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा आफैं ज्यान गुमाएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनको सत्यताप्रति केहि राजनीतिक दल बाहेक जनता र प्रमुख राजनीतिक दल र नेताहरुले विस्वास गरेका छैनन् ।
राजा वीरेन्द्रको वंशनाश भएको घटनाको १४ वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो थप सत्य बाहिर आउन सकेको छैन।राजसंस्थाको विरुद्धमा शसस्त्र यूद्धमा होमीएको तत्कालीन नेकपा माओबादीले भने हत्याकाण्डमा राजा विरेन्द्रको माइला भाई ज्ञानेन्द्र र पारस शाहको प्रत्यक्ष संलग्नता रहेको दावी गरेको थियो ।
हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२ ०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए ।दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुई पटकसम्म सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्न भने सकेको पाइएको छैन ।
माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो । कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् ।
हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रिय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए । सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको हो ।
संविधान सभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक मुलुकको रुपमा घोषणा गर्यो । तर नेपालमा गणतन्त्रको औपचारिक थालनी भने करिव ८ बर्षअघि आजैका दिनबाट भैसकेको थियो । राजाको जेठो छोरा राजा हुने परम्पराको अन्त आठ बर्षअघि आजैको दिन अर्थात् २०५८ जेठ १९ गते भएको थियो । त्यो दिन नारायणहिटी राजदरवारभित्र भएको हत्याकाण्डमा राजा बीरेन्द्रलगायत उनको पुरै बंश नास भएको थियो । परम्परागत राजतन्त्रअनुसार राजाको जेठो छोरा राजा हुने त्यो दिन नै नेपालमा गणतन्त्र सुरुवातको दिन थियो ।
राजा बीरेन्द्रको बंशनासपछि उनका भाई ज्ञानेन्द्रलाई राजगद्दी सुम्पिएको थियो । गणतन्त्र स्थापनाकालागि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा हजारौ शहीदहरुले प्राणको आहुति दिएका छन् । तर गणतन्त्र स्थापनामा ती शहीदका रगतको जति भूमिका छ त्यति नै भूमिका जेठ १९ गते राजदरवारमा बगेको राजा बीरेन्द्रका परिवारको रगतकोपनि त्यत्तिकै भूमिका छ ।
नारायणहिटी राजदरवारमा हरेक महिनाको तेश्रो शुक्रबार राति नियमित पारिवारिक जमघटको आयोजना गरिन्थ्यो । यसै अनुसार २०५८ जेठ १९ गते शुक्रबारपनि जमघटको आयोजना गरियो । त्यसदिनको जमघट त्रिभुवन सदनमा गरिएको थियो जहाँ तत्कालिन युवराज दीपेन्द्र बस्ने गर्थे । राजा बीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडारानी रत्न, युवराज दीपेन्द्र, अधिराज निराजनका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरुलाई निम्तो दिइएको थियो ।
अन्य शाही नातेदारपनि त्यहाँ निम्त्याइएका थिए । निम्तालुहरुको संख्या २४ थियो । सबैलाई बेलुकी साढे सात बजे आउन भनिएको थियो । आमन्त्रित मध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही, र राजकुमारी विमला सिंह उपस्थित थिएनन् । अन्तिम राजा ज्ञानेन्द्र त्यो बेला पोखरामा रहेकाले निम्त्याइएका थिएनन् । बाँकी राजपरिवारका सदस्य र नातेदारहरु सबै जमघटमा उपस्थित थिए ।
त्यो अन्तिम रात: घटनाको श्रृङ्गखला
आफ्नै निवास भएकाले त्रिभुवन सदनमा बेलुकी साढे सातबजे भन्दा अघि नै श्री ५ युवराजधिराज दीपेन्द्र पुगिसकेका थिए । त्यसपछि अन्य आमन्त्रितहरु त्यहाँ पुग्न थाले । आमन्त्रित अधिकांस आइपुगेपछि राति आठ बजेतिर युवराज दीपेन्द्र आफ्नो मोटरबाट मुमाबडामहारानी रत्नकहाँ पुगे । रत्न महेन्द्र मन्जिलमा बस्ने गर्थिन् । त्यहाँ पुगेका दीपेन्द्रले मुमाबडामहारानी रत्नको मोटर आफैले चलाई जमघट स्थान त्रिभुवन सदनमा ल्याए । अब रत्न बिलियार्ड कोठाको पूर्वतर्फ रहेको सानो बैठक भनिने कोठामा रहिन् जहाँ उनलाई श्री ५ अधिराजकुमारी हेलेन शाहले कुराकानीमा साथ दिइन् । राति साढे आठ बजे राजा बीरेन्द्रपनि त्यहाँ आइपुगे । उनी पैदल हिडेरै आफ्नो अफिसबाट सिधै त्रिभुवन सदनमा पुगेका थिए । उनले सबैभन्दा पहिले मुमाबडामहारानी रत्नसँग भेट गरे साथै केही मिनेट भलाकुसरीपनि । सो भलाकुसरीपछि उनीपनि बिलियार्ड कोठातर्फ लागे ।
यतिन्जेलसम्म नारायणहिटी दरवारभित्रको त्यो बंगलामा रहेका युवराज दीपेन्द्रको मनस्थितिमा परिवर्तन आइसकेको थियो । उनी कम्ब्याट पोशाकमा दुईतर्फ अत्याधुनिक राइफल र बार्ह बोरको बन्दुक भिरेर बिलियार्ड कोठामा प्रवेश गरिसकेका थिए । हतियारले सुसज्जित उनी बिलियार्ड कोठासँगै जोडिएको डायनिङ्ग कोठाको पूर्वतिरको बैठकतिरबाट जमघटमा प्रवेश गरे । र आफ्नो साथमा रहेको कालो रङ्गको ९ एमएम क्यालिबरको MP-5K सब-मेसिनगनबाट कोठाको सिलिङ्ग र पश्चिम भित्तातर्फ फायरिङ्ग गर्न थाले । के हुन लागेको हो कसैले अनुमान गरिनसक्दै उनी बिलियार्ड टेवलको पूर्व छेउतर्फ लागे जहाँ उनका पिता राजा बीरेन्द्र आफ्ना नातेदारहरुसँग कुराकानी गरिरहेका थिए । पिता बीरेन्द्रउपर गोली फायर गरेपछि दीपेन्द्र आफै पछाडि सरे ।
पछाडि सरेका दीपेन्द्रले बिलियार्ड कोठाबाहिर निस्केर सो कोठाको पूर्वतर्फ भित्री बगैचाको छेउमै रहेको उत्तरतर्फको झयाङ्गमा राईफल फ्याँके । उनी फेरि बिलियार्ड कोठामा प्रवेश गरे जहाँ उनले केही समयअघिमात्र आफ्नो साथमा रहेमध्येको टेलिस्कोपसहितको एम- १६ राईफल राखेका थिए । उनले त्यो राइफल फेरि बोके । र वरिपरि रहेका सबैतरि सोझ्याउँदै फायर गर्न थाले । उनको निशाना अहिलेपनि पिता बीरेन्द्र नै थिए । नजिकै दीपेन्द्रका आफ्नै बहिनी ज्वाइँ कुमार गोरख शमशेर राणा, काका धीरेन्द्र र फुपाजु कुमार खड्कबिक्रम शाहसमेत रहेकाले उनीहरुपनि दीपेन्द्रको प्रहारबाट बच्न सकेनन् । यी तीनजनामाथि फायरिङ्ग गरेपछि उनी पछाडि सर्दै ढोकामा पुगेजस्तो देखियो |
पछि सर्दै ढोकासम्म पुगेपनि दीपेन्द्र फेरि अगाडि बढे । अब उनको निशानामा उनकी बहिनी अधिराजकुमारी श्रुति, फुपुहरु अधिराजकुमारी शारदा शाह, शान्ति सिंह, शाहज्यादी जयन्ती शाहलगायत परे । उनीहरुमाथिपनि जथाभावी गोली हानेका युवराज दीपेन्द्र बिलियार्ड कोठातिर लागे । लगत्तै उनी कोठाको पूर्वतिरबाट बाहिर निस्के । त्यहाँबाट पूर्वतिर रहेको भित्री बगैंचातिरबाट भाग्न थाले । यसरी राजपरिवारका महत्वपूर्ण सदस्यहरुमाथि गोली दागेर भाग्दै गरेका दीपेन्द्रलाई त्यो बगैंचामा आमा बडामहारानी ऐश्वर्यले खेद्न थालिन् । आमा ऐश्वयलाई पछ्याउँदै अधिराजकुमार निराजनपनि दीपेन्द्रलाई खेद्न थाले । तर विश्वकै सबैभन्दा अत्याधुनिक र शक्तिशाली अमेरिकी स्वचालित एम- १६ बोकेका दीपेन्द्रसँग यी दुइको के लाग्थ्यो ? दीपेन्द्र त्यहाँ रहेको नील काँडाको झ्याङ्ग नाघेर अर्को भागमा पुगे । त्यहाँबाट दीपेन्द्रले उनले आफूलाई खेद्दै गरेका आमा ऐश्वर्य र भाई निराजनमाथि गोली चलाए । आफ्नो परिवारका सबै सदस्यमाथि र नातेदारहरुमाथिसमेत एकपछि अर्को गर्दै गोली चलाएपछि दीपेन्द्र आफैले आफूसँग जगेडा रहेको पेस्तोलबाट गोली चलाए । र आत्महत्याको प्रयास गरे।
यसरी ज्ञानेन्द्र दोश्रो पटक राजा घोषित गरिए
दीपेन्द्रले प्रहार गरेको गोली लागी घाइते भएकामध्ये राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शारदा र शान्ति, शाहज्यादी जयन्ती, कुमार खड्कबिक्रमको स्वयम्भू छाउनीस्थित बीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो ।
पूर्व अधिराजकुमार धीरेन्द्र एबं अचेत अवस्थामै राजा घोषित भएका दीपेन्द्रकॊ मृत्युको घोषणा सो घटनाको ४ दिनछि जेठ २२ गते बेलुकी गरिएको थियो । घाइतेमध्ये अधिराजकुमारी कोमल, पूर्व शाहज्यादी केतकी चेस्टर र कुमार गोरखशमशेर लामो उपचारपछिमात्र बच्न सके ।
उता दीपेन्द्रको मृत्युपछि राजपरिवारमा जीवित रहेकामध्ये सबैभन्दा जेष्ठ सदस्य ज्ञानेन्द्रलाई जेठ २२ कै दिन राजा घोषित गरियो । यसरी नेपालको इतिहासमा ज्ञानेन्द्र दोश्रो पटक राजा घोषित गरिए । यसअघि ०७ मा राजा त्रिभुवन शरण खोज्दै नयाँ दिल्ली पुगेपछि नारायणहिटीमा रहेका बालक ज्ञानेन्द्रलाई तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेरले राजा घोषित गरी श्रीपेचसमेत पहिर्याएका थिए ।
अन्धो प्रेममा पागल प्रेमी युवराज
विश्वकै इतिहासमा दुर्लभ र दर्दनाक मानिएको यस्तो दर्दनाक हत्याकाण्डको मूल कारण थियो- युवराज दीपेन्द्रको देवयानी राणासँगको प्रेम । देवयानी राप्रपा अध्यक्ष पशुपति शमशेर राणाकी छोरी हुन् । त्यसअघि दीपेन्द्रको विवाहको चाँजो सुप्रिया शाह नामकी युवतिसँग मिलाइएको थियो । सुप्रिया अहिलेपनि मुमा बडामहारानी रत्नको निजी सचिवको रुपमा कार्यरत छिन् । ख्वै के कारणले हो पछि रानी ऐश्वर्य लगायत राजपरिवारका अन्य सदस्यले सुप्रियासँग दीपेन्द्रको विवाह हुन नसक्ने बताए । त्यसपछि दीपेन्द्रले आफ्नो लागि आफै कन्या खोजे ।
उनको रोजाईमा देवयानी परिन् । तर भारतको ग्वालियरजस्तो राजघरानाकी नातिनी देवयानीसँग दीपेन्द्रको विवाह हुँदा राजपरिवारमा देवयानीकोमात्र होइन ग्वालियरको राजपरिवारकोसमेत बर्चश्व बढ्ने चिन्ता राजपरिवारका अरु सदस्यले गरे । र देवयानीसँगको सम्बन्ध छुटाउन उनलाई दबाब दिन थालियो । देवयानीलाई बिबाहको बचन दिइसकेका दीपेन्द्रले भने देवयानीसँगसम्बन्ध टुटाउने होइन बरु आफ्नै बंश नास गर्ने र आफूलेपनि आत्महत्या गर्ने निर्णय गरे । फलत: आठ बर्षअघि आजैका दिन नारायणहिटी दरवारमा त्यो विभत्स घटना भयो ।
सो घटना हुनुअघि युवराज दीपेन्द्रले बिलियार्ड कोठामै रहेकै बेला आफ्ना एडिसी गजेन्द्र बोहोरालाई आफूले खाने प्रकृतिको चुरोट ल्याउन मोवाइल फोनबाट भनेका थिए । भनिए बमोजिम गजेन्द्र बोहोराले दीपेन्द्रका शाही अर्दली रामकृष्ण केसीलाई अर्हाए । केसीले ‘विशेष प्रकार’ को चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गई शाहज्यादा पारशमार्फत् जिम्मा दिए । त्यसमा गाँजालगायतका ‘कालो पदार्थ’ भरिएको थियो । त्यो कालो पदार्थ के थियो अहिलेसम्म अज्ञात छ । यस्ता नसालु पदार्थको व्यवस्था युवराज दीपेन्द्रले आफै गर्ने गरेको भनाई छ । अर्दली केसीका अनुसार दीपेन्द्र आफैले खोजेर ल्याउने गाँजा लगायतका नशालु पदार्थ भरिएको चुरोटको सेवन करिव एक वर्षदेखि गर्न थालेका थिए । युवराज दीपेन्द्रका एडिसी गजेन्द्र बोहोरा र राजु कार्कीसमेतले नारायणहिटी काण्डका बारेमा छानविन गर्न गठन गरिएको समितिलाई दीपेन्द्रले यस प्रकारको चुरोट पिउने गरेको कुरा बताएका छन् ।
मोवाइल नं. ९८१०२१५१३ र ९८१०२४३३९ सो चुरोट पिएपछि नशामा लठ्ठ परेका दीपेन्द्रले राति ८:१२ बजे आफ्नो ९८१०२१५१३ नं को मोवाइलबाट आफ्नी प्रेमिका देवयानीको ९८१०२४३३९ नम्बरमा फोन गरी एक मिनेट १४ सेकेण्ड कुराकानी गरे । फेरि उनले देवयानी सँग ८ बजेर १९ जाँदा दोश्रो पटक कुराकानी गरे । दोश्रो पटक यी दुई प्रेमी-प्रेमिकाबीच ४ मिनेट १४ सेकेण्ड कुराकानी भएको थियो ।
त्यसपछि फेरि राति ८ बजेर ३९ मिनेट जाँदा दीपेन्द्रले देवयानीलाई तेश्रो पटक फोन गरी अन्तिम कुराकानी गरे । तेश्रो तथा अन्तिम यो कुराकानी ३२ सेकेण्ड चलेको थियो । देवयानीका अनुसार अन्तिम कुराकानीको समयमा दीपेन्द्रको स्वर लडबडाइरहेको थियो । तर ती तीन कुराकानीमा दीपेन्द्रले देवयानीलाई के भनेका थिए यो कुराको रहस्य देवयानीले अहिलेसम्म खोलेकी छैनन् । हाल उनको भारतको एक राजघरानाका राजकुमारसँग विहे भैसकेको छ ।
देवयानीसँगको यही अन्तिम कुराकानीपछि दीपेन्द्र सैनिक कम्ब्याट पोशाक लगाएर हात हतियार समेत लिई खोपी बाहिर निस्केका थिए । दीपेन्द्रका अर्दली रामकृष्णले हातहतियार सुसज्जित दीपेन्द्रलाई देखेपनि केही समयपछि नै त्यस्तो विभत्स घटना होला भन्ने उनले कल्पना गर्न सकेनन् त्यसैले उनले दीपेन्द्रलाई रोक्ने कुनै प्रयास गरेनन् । चुरोटमात्र होइन त्यसअघि बिलियार्ड खेल्ने क्रममा दीपेन्द्रले एक दुई पेग सङ्लो फेमस ग्रोस व्हीस्की पिउनपनि भ्याइसकेकाले राजा बीरेन्द्र त्रिभुवन सदन आउनु अघि युवराज दीपेन्द्र शरीर थाम्न नसकी शरीर ढलपल हुन थालिसकेको थियो ।
दीपेन्द्रको यस्तो हालत हुनुको कारण व्हीस्की हुनसक्छ भन्दै अधिराजकुमार निराजन, शाहज्यादा पारश, कुमार गोरख र डा. राजीव शाही समेत ४ जना मिली दीपेन्द्रलाई त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको खोपीमा लगेका थिए । तर यो सब उनको नाटक थियो र यो नाटक देवयानीसँग बिहे गर्न नदिइएको रिस पोख्न गरिएको थियो भन्ने कुरा केही छिनपछिको त्यो विभत्स घटनाले देखायो । देवयानीसँग विहे गर्न नदिइएको रिसमा केही छिनमै नारायाणहिटी रगतको आहालमा परिणत भयो।
शंकाको घेरामा ज्ञानेन्द्र
अहिलेसम्मका तथ्य र प्रमाणहरुले दरवारभित्रको सो हत्याकाण्डको दोषी युवराज दीपेन्द्र नै देखिन्छन् । तर राजा बीरेन्द्रसहित उनको पुरै बंश नास हुनु तर सो जमघटमा सामेल भएका अन्तिम राजा ज्ञानेन्द्रका छोरा पारश, बुहारी हिमानी, छोरी प्रेरणालाई केही नहुनु, घटनाकाबेला ज्ञानेन्द्र पोखरामा हुनु र हत्याकाण्डपछि ज्ञानेन्द्र नै राजा हुन पुग्नुले कतै हत्याकाण्डमा ज्ञानेन्द्रको त हात थिएन ? भन्ने शंका गर्नेहरुलाई बल पुगेको छ । ज्ञानेन्द्रमात्र होइन उनका छोरा पारसको उद्दण्ड छविलेपनि शंकामाथि शंका थपेको थियो ।
हुन त घटनामा परी ज्ञानेन्द्र पत्नी कोमलपनि घाइते नभएकी होइनन् तर शान्त र सौम्य प्रकृतिका राजा बीरेन्द्रको पुरै बंशको हत्या, जनमानसमा लोकप्रियता हासिल गर्दै गएका दीपेन्द्रसमेतको मृत्युका कारण कोमललाई पनि गोली लागेको कुरा छायाँ पर्यो । यसरी ज्ञानेन्द्रको परिवार नेपाली जनमानसमा शंकाको घेरामा परे । उनको शक्तिको मोहले उनीमाथिको शंका अरु बढायो ।
माओवादीको चतुर खेल र राजतन्त्रको अन्त्य
सो हत्याकाण्डपछि माओवादीले राजा बीरेन्द्रसँग आफूहरुको बार्तामात्र होइन अघोषित कार्यगत एकता भएको खुलाशा गर्दै यो एकता तोड्न र उदार राजा बीरेन्द्रलाई सिध्याएर माओवादीलाईपनि सिध्याउन ज्ञानेन्द्रले नै हत्याकाण्ड गरेको आरोप लगायो । यो स्थितिमा राजा भएका ज्ञानेन्द्रले यो आरोपको प्रतिवाद आफ्ना व्यवहारद्धारा गर्नुपर्नेमा माओवादीको आरोपलाई पुष्टि गर्ने गरी राजनीतिक महत्वाकांक्षा देखाउन थाले । उनी जुन परिस्थितिमा राजा भएका थिए त्यो स्थितिमा उनले आफै राजाले पाउने अधिकार र सुविधा कटौति गर्नुपर्नेमा षडयन्त्रद्धारा आफ्नो अधिकार र सुविधा बढाउन थाले । आफ्नो कठपुतली देउवा सरकारलाईसमेत भंग गरेर उनले आफै शासन गर्न थाले । अप्ठेरो स्थितिमा राजा भएका उनका रक्षा कबज वास्तवमा कांग्रेस र एमालेजस्ता पार्टीहरु थिए । तर यी राजनीतिक शक्तिलाई आफैले गलहत्याएर उनले आफ्ना रक्षा कबज आफैले फुकाले ।
The Nepalese royal m@$s@*cre took place on 1st June 2001. The m@$s@*cre occurred at a house in the grounds of the Narayanhity Royal Palace. It is still believed that the heir to the throne Late Prince Dipendra k!*ll*ed 9 members of his family including himself. It happened during a party or monthly reunion dinner of the royal family in the house. King Birendra and Queen Aishwarya were also included among the de@&d.
Many news and details never really came out to the public mind. Nobody is clear about what happened but it is believed that Dipendra had been drinking heavily, $mo*ked large quantities of weed, He then m!$beh@*ved with a guest which resulted in his father telling him to leave the event. The drunken Dipendra was taken to his room by his brother and cousin. After an hour, he returned to the event with guns and started to shoot at everyone in the party.
Loading...
Social Buttons