Loading...
अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।
यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ ।
Loading...
Social Buttons