Latest News

डनहरुको भागभाग ; चर्चित गुण्डाका नाइके राधे परे प्रहरीको फन्दामा !!!

काठमाडौं । काठमाडौंमा चर्चित गुण्डाका नाइके प्रहरीको फन्दामा परेका छन् । राधाकृष्ण भण्डारी  ‘राधे’ लाई प्रहरीले सोमबार धादिङबाट पक्राउ गरेको हो।  
अपराधिक गतिबिधिमा संलग्न राधेलाई ५ बर्षको कैद सजाय भएकाले खोजीरहेको थियो ।
चरीको इन्काउन्टर हुनुभन्दा एकबर्ष अघि चरीसमेत सवार रहेको प्रहरीको गाडीमा गोली प्रहार गरेको भन्दै राधे विरूद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी परेको थियो।
काठमाडौँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङले राधेलाई पक्राउ गरेर राजधानी पठाएको जिल्ला प्रहरी कार्यालय धादिङका  एसपि सविन प्रधानले न्यूज अभियानलाई बताए । 
Loading...