Latest News

नेपाली युवकसँग दिल्लीमा ‘हत्याकाण्ड’का विषयमा यसरी लिइयो बयान (भिडियोसहित)

Hemraj-Nepali-New-Dellyनयाँदिल्ली, ७ कात्तिक । भारतको राजधानी नयाँदिल्लीमा आरुषि तलवार हत्याकाण्डका विषयमा आरोपीसँगको कथित ‘नारको टेस्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोले विवाद पनि सृजना गरेको छ ।
आरुषि तलवार हत्याकाण्डका आरोपी कृष्णालाई सीबीआईका शीर्ष अधिकारीले अपराध स्वीकार गर्न दवाव दिएको भिडियोमा उल्लेख छ ।
एक घण्टा लामो भिडियो कल सोशल भिडिया वेबसाइट यू ट्यूबमा देखिएको व्यक्ति राजेश तलवारका सहायक कृष्णा (नेपाली युवक)ले सीबीआईका तत्कालीन संयुक्त निर्देशक अरूण कुमारले अपराध स्वीकार गर्न दवाव दिएको बयानमा उल्लेख छ । तर आफूले हत्या नगरेको भन्दै कृष्णाले हत्या अस्वीकार गरेका छन् ।
दाँन्त चिकित्सक दम्पति राजेश र नूपुर तलवारका नोकरका रुपमा काम गर्दै आएका कृष्णाले आरुषि र हेमराजको हत्या गरेको आरोप छ ।
हत्या भएका हेमराज पनि नेपाली युवक हुन् । यो हत्याकाण्डका अपराधि अझै पक्राउ पर्न सकेका छैनन् । आरुषिको हत्या उनकै बाबु र आमाले हत्या गरेको हुन सक्ने सीबीआइले आशंकसमेत गरेको छ । तर प्रमाण नपाइँदा यो हत्याकाण्डका दोषी कोही पनि पक्राउ पर्न सकेका छैनन् ।
कृष्णाले बयानका क्रममा डाक्टरसँग भन्छन्, ‘मैं कभी यहाँ से नहीँ भागूङ्गा । मैं क्यों भागूङ्गा । मैंने कोई गुनाह नहीँ किया है । मैंने उनसे पहली बार कहा था जब उन्होंने मुझसे आरोप अपने उपर ले लेने को कहा था ।’ कृष्णाले राजेशको क्लिनिकमा काम गर्दै आएका थिए । (भिडियो यू ट्यूबबाट साभार)

Loading...