Loading...
काठमाडौं, २७ असोज ।
‘ए बाबा, सुशीलले कुनै हालतमा जित्दैनन्, मेरा सांसदहरुले राजीनामा दिएका छन् । हामीलाई छाडिदिनुस, लानैपर्ने भए उपेन्द्र र महन्तलाई भोट हाल्न लानुस ।’
संधैको दाताले सुशीलको पक्षमा मतदानका निम्ति चर्को दवाव दिएपछि राजेन्द्र महतो यसरी गिड्गिडाए, ‘उसोभए राजीनामा दिएका लक्ष्मणलाल कर्ण, विमल केडिया र मेर श्रीमती शैलकुमारी महतोलाई लानुस तर राजीनामा दिन बाँकी २ जनालाई छाडिदिनुस् ।’
विचराले यसो भन्दा पनि सुख पाएनन् । रुखो स्वरमा भनियो ‘हैन, हामि कमिटेड भइसकेका छौँ, तपाईंहरु जानै पर्छ ।’ यसरी मधेसी दल आफ्नो मुठ्ठीमा भएको व्यहोरा दक्षिणले प्रमाणित गराई छाड्यो ।
सर्वेन्द्रनाथ शुक्ला त झन सुरुदेखि नै पावरमा नाजुपर्छ भन्ने सोचाइका मानिस, उनको पनि दाल गलेन । दुई साताअघि बिहीबार देखि राजधानीमा डेरा जमाएका र बचिमा एक खेप दिल्ली पुगेर फर्किएका ‘र’का पुर्व उपप्रमुख एबि माथुर हिजोसम्म पनि यतै थिए ।
मधेसी दल उतैका गोटी हुन् भन्ने छाप यसपटक राम्रै सँग पुष्टि भयो । ती सबै दललाई चाहेअनुरुप नै सुशील क्याम्पमा हुलियो । उपेन्द्र यादवले नमान्लान् कि भन्ने डर थियो तर सबभन्दा पहिला सुशीलको पक्षमा मत्दान गर्न उनै तयार भए ।
संसदबाट बिच्किएर हिँडेपछि सधंँका लागि बाहिर परिन्छ कि भन्ने आशंका रहेछ, त्यसैले उनलाई सेफल्याढिडङका लागि यो एउटा राम्रै बाहाना बन्न पुग्इो । विजय गच्छदारले बरु सत्ताकै निमित्त भए पनि अडान लिए तर राजेन्द्र महतोलाई दायाँ– बायाँ ढिम्कनै दिइएन । जनआस्था साप्ताहिकमा खबर छ ।
Loading...
Social Buttons