Latest News

यी डिएसपी श्रेष्ठले युवतीलाई फकाएर यसरी एभरसन गरे !!!

काठमाडौं । आफ्नो काला कर्तुत ढाकछाप गर्न कमलपोखरी प्रहरी वृत्तका इन्चार्ज यतिबेला सोही क्षेत्रका विवादित व्यक्तिहरुलाई साथमा लिई पानी माथिको ओभानो बन्न कोसिस गरिरहेका छन् ।
कमलपोखरी प्रहरी वृत्तका विवादित डीएसपी लोकेन्द्र श्रेष्ठले कमलपोखरीका विवादित व्यक्ति राजेन्द्र सिंहलगायतका केही विवादित व्यक्तिहरुलाई साथमा लिई समाचारको खण्डन गर्न उनीहरुलाई आयुक्त कार्यालयदेखि परिसरमा गई पत्रिकाको विरोधमा कुरा गर्न पठाएका थिए ।


newsabhiyanडीएसपी श्रेष्ठले परिचालित गरेका व्यक्तिहरु आफैमा विवादित व्यक्ति हुन् । डीएसपी श्रेष्ठले परिचालित गरेको राजेन्द्र सिंह भन्ने व्यक्ति आफ्नो स्वार्थका लागि जस्तोसुकै काम गर्ने व्यक्तिको रुपमा कमलपोखरीमा परिचित व्यक्ति हुन् । 

सिंहले कमलपोखरीको कृष्ण पाउरोटीदेखि बाटो सुधार कार्यमा अवरोध सिर्जना गरेका थिए । सिंहले नेपाली कांग्रेसका गगन थापादेखि तत्कालिन एमाओवादी पार्टीका बाबुराम भट्टराईकी श्रीमती हिंसिला यमीसम्मको पावर देखाई बाटोमा परेका घर भत्काउन नदिई बाटो सुधार कार्यमा नै अवराध गरेका थिए ।
सिंहका बाटो विस्तार अनुसारको मापदण्ड अनुसार करिब तीन चार फिट घर परेको छ । सोही कारण उनको घर अगाडि पेटी नहुनुका साथै खाल्डोसमेत भएकोले जुनसुकै समयमा त्यहाँ गम्भीर दुर्घटना हुनसक्छ ।
उनको यस्तो गतिविधिको बारेमा स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी हालिसकेका छन् । बाटो विस्तारमा परी दर्जनौंको घरबार विहीन बनिरहेको अवस्थामा आफूलाई समाजसेवी भनी दावी गर्ने सिंहको बारेमा अख्तियारमा उजुरी पर्दा पनि सम्बन्धित निकायले यसतर्फ चासो देखाएको पाइएको छैन ।


त्यस्तै, डीएसपी श्रेष्ठले परिचालन गरेका व्यक्ति प्रहरीकै रेकर्डमा रहेका व्यक्तिहरु रहेका छन् । कोही जुवाको अखडा नै संचालन गर्ने छन् भने कोही जुवाडे भएकै कारण जागिरबाट हात धोएको व्यक्तिसमेत भएको कमलपाखेरीका असन्तुष्ट  प्रहरीले जनाएका छन् ।



डीएसपी श्रेष्ठले अहिले दशैंको मुखमा ती जुवाडेहरुसँग मिली कमलपोखरी अगाडि नै केही वर्ष अगाडि जुवा खेलाइरहेको अवस्थामा एसएसपी रमेश खरेलको टोलीले छापामारी थुप्रै जुवाडेहरुलाई पक्राउ गरेको थियो । अहिले ती जुवाडेहरुसँग मिली डीएसपी श्रेष्ठले जुवाको धन्दा निर्धक्कसँग संचालन गर्नसमेत दिइरहेको पनि कमलपोखरीकै भरपर्दो स्रोतले दावी गरेको छ ।



स्मरणीय छ, डीएसपी श्रेष्ठ ललितपुर केरकारको इन्चार्ज हुँदा चोरीको केशमा ५० हजार घुस खाएको आरोपमा दुई वर्ष निलम्बन परेका थिए । श्रेष्ठले चोरीको केश मिलाइदिन्छु भन्दै चोरीका आरोपीका भाइसँग ५० हजार रुपैयाँ लिएका थिए । डीएसपी श्रेष्ठलाई अख्तियारले निलम्बन गरे पनि दुई वर्ष पछि अख्तियारका आयुक्त इन्द्रकुमार श्रेष्ठलाई राम्रै लगानी गरी निलम्बनबाट फुकुवा बनेका थिए ।



त्यसैगरी, श्रेष्ठ यौन मामलामा पनि त्यतिकै कमजोर व्यक्तिका रुपमा परिचित छन् । ललितपुरमै हुँदा एक युवतीसँग अवैध सम्बन्धबाट रहेको गर्भ तुहाउन उनले पाटन अस्पतालका चेकअपको नाममा लगेका थिए ।

तर, पाटन अस्पतालले एभरसन गर्न नमानेपछि श्रेष्ठले लगखेलस्थित मिराट अस्पतालमा लगी एभरसन गराउन सफल बनेको मिराटका एक डाक्टरले खोजतलासलाई बताएको खबर छ  ।
Loading...