Loading...
गर्व’ नामको हिन्दी चलचित्रमा जफर सुपारी भन्ने अन्डर वल्र्डको डनले दुबईमा बसेर मुम्बइमा साम्राज्य चलाइरहेको हुन्छ । यसका मान्ेछहरुलाई धमाधम मुम्बई पुलिसले इन्काउन्टरमा ढाल्न थालेपछि जफर सुपारीले पाचँ खोकामा सांसद किनेर काशी त्रिवेदी भन्ने पात्रलाई मुख्य मन्त्री बनाउँछ । तर, काशी मुख्यमन्त्री भएपछि मुम्बई पुलिसले झनै जफर सुपारीका मान्छेको इन्काउन्टर बढाएपछि जफरले तेरो लागि पाँच खोका खर्च गर्न सक्छु भने तेरै लागि पाँच गोली खर्च गर्न पनि सक्छु भनेर गुनको बदला गुन तिर्न दबाब दिन्छ । गर्व फिल्मको काशी त्रिवेदीको भूमिकामा एकाएक सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल देखिएको भन्दै नेपाल चलचित्र विकास बोर्डको हलमा केही चलचित्रकर्मीहरु बीच यो रोचक छलफल चल्यो । जफर सुपारीको भूमिकामा भारतीय राजदूत रञ्जित रे देखिए त ? उनीहरुबीच यो प्रश्न उठे पनि रिजालाको मालिक जफर सुपारी राजदूत हुन् कि उनीभन्दा पनि अदृश्य पात्र केही छ भन्ने रहस्यकै गर्भमा छ । तर, एउटा के चाहिँ प्रमाणि भएको छ भने, दौरा सुरुवाल लगाएका हालका हिन्दूस्तानका असली एजेन्ट मिनेन्द्र हुने भन्ने यसपटकको भारतीय नाकाबन्दीका क्रममा प्रष्ट भयो । कृष्णप्रसाद सिटौलाले भिटो प्रयोग गरेर संचार मन्त्री बनाएकोसम्म पनि सबैलाई थाहा थियो । तर यिनी भारतको तलबी एजेन्ट हुन् भन्ने अनुमान धेरैलाई थिएन । अमेरिकामा पढेका र पैसा कमाएका व्यक्ति भएकाले यिनले पैसाका लागि विदेशी खुफिया एजेन्सीको जासुसी गर्छन् भन्ने धेरै कांग्रेसीले अनुमान गरेका थिएनन् । यद्यपि शेरबहादुर देउवाले चाहिँ आफू प्रधानमन्त्री भएका बेला यिनलाई सल्लाहकार बनाउँदा नै यिनी विदशी गुप्तचर एजेन्सीका जासुस हुने भन्ने थाह पाएर दूरीमा राख्न थालिसकेका थिए । साँघु साप्ताहिकमा खबर छ ।
Loading...
Social Buttons