Latest News

चीनले तेल पठाउने पक्का, केरुङ नाकाबाट नेपाल आउने

nepal-chinaकाठमाडौँ, ७ कात्तिक । अन्ततः छिमेकी मुलुक चीनले नेपाललाई इन्धन दिने भएको छ।
नेपाल सरकारको औपचारिक आग्रहपछि छिमेकी चीनले केरुङ नाकाबाट इन्धन पठाउन लागेको हो । चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन पेट्रोलियम पदार्थ केरुङ नाकाबाट पठाउन लागेको स्रोतले दैनिक नेपाललाई बतायो ।
तेल मंगलबार नेपाल आइपुग्ने भएको छ। चीनले इन्धन दिनेपछि नेपाली टोली पेट्रोलियम सम्झौताका लागि सोमबार बेइजिङ जाने भएको छ। टोलीमा अर्थ, वाणिज्य आपूर्ति र परराष्ट्रको सरकारी टोली सहभागी हुने बताइएको छ ।
छिमेकी भारतले दुई महिनादेखि नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ । जसका कारण इन्धनको हाहाकार नै मच्चिएको छ । चीनले इन्धन दिने भएपछि केही समयका लागि समस्या समाधान हुने देखिएको छ ।
Loading...