Latest News

तनहुँका अनौठा बालक: शरिरमा तीनवटा हात

३० असोज, तनहुँ।
तनहुँको पोखरीभञ्याङ गाविस वडा नं ४ बेलचौतारामा तीन वटा हातहरु भएको अनौठो बच्चा भेटिएको छ । डेढ बर्ष उमेरका बालक गौरब गुरुङको शरिरका अन्य अंगहरु का साथै दुइवटा हातहरु सामान्य भएतापनि अर्कोहात मेरुदण्डमा पलाएको छ । जसले गर्दा उनको दिनचर्यामा असहज स्थिति सृजना भएको छ ।
मेरुदण्डमा पलाएको तेस्रो हात जन्मजात नै भएको उनका अभिभावकले बताए । जन्मदा सो हात निकै सानो रहेकोमा उनको शारिरीक बृद्धिसंगै सो हातको लम्वाई र मोटाईमा पनि बृद्धि भएको छ । अहिले सो हात अन्य दुईवटा हातहरु जस्तै हुन लागेकोले बच्चालाई हिँडडुल गर्न र सुत्नमा समस्या परेको छ ।
tanahu amazing three hand child (2)
आर्थिक विपन्नताका कारण आफ्नो छोराको उपचार गर्न नसकिएको आमा कल्पना गुरुङले दुखेसो पोखिन । सामान्य मजदुरी गरेर जीवन निर्वाह गर्दे आएका गुरुङ दम्पतीले आफ्नो पहिलो सन्तानको यो अवस्था देखेर निकै चिन्तित भएका छन् । आर्थिक अभावका कारण छोरालाई उपचारका लागि कुनै पहल गर्न नसकेको , उपचार गर्न पनि धेरै पैसा लाग्ने भन्ने सुनेकाले पीडा लुकाएर बसेको गुरुङ दम्पतीले बताए ।
tanahu amazing three hand child (1)
छोराको उपचार गर्नका लागि सवैले सहयोग गरिदिन आमा कल्पनाले अनुरोध गरिन् । जन्मपछि पैतालिस दिनका दिन उपचारका लागि काठमाण्डौं लैजान डाक्टरहरुले सल्लाह दिएपनि पैसाको अभावमा कहिं लान नसकिएको उनीहरुले दुखेसो पोखे । छोराको भविष्यप्रति आँफुहरु निकै चिन्तित भएको उनीहरुले बताए । र उपचारका लागि सहयोग गरिदिन उनीहरुले सवैलाई आग्रह गरे ।
Loading...