Latest News

बाँकेमा खतरनाक दुर्घटनाः बस दुर्घटनापछि आगलागी, दशैँ मनाउन हिँडेका छ यात्रुको मृत्यु

banke_districtदाङ, ३ कात्तिक । बाँके र दाङ जिल्लाको सिमानामा पर्ने चप्परगौरीमा बस दुर्घटनापछि एक्कासी आगलागी हुँदा छ जनाको डढेरै मृत्यु भएको छ ।
बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको वाहक बस बाँकेको खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासी आगलागी हुँदा बसमा सवारमध्ये अहिलेसम्म छ जनाको शव प्राप्त भएको छ । मृतकको अझै सनाखत हुन सकेको छैन् ।
इलाका प्रहरी कार्यालय अमेलियाले दिएको जानकारीअनुसार बसमा ३३ यात्रु सवारमध्ये १२ जनाको जीवित उद्धार गरिएको छ । घाइतेको उद्धार जारी नै रहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार केही यात्रुले इन्धनन अभावका कारण पेट्रोलियम पदार्थ बोकेको र बस अनियन्त्रित भई दुर्घटना हुँदा तातेर आगलागी भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।
Loading...