Loading...
जोगिनीलाई विष खुवाएर हत्या गरेको २९ वर्ष दुई महिना नौ दिनपछि प्रहरीले अभियुक्त अधिकारीलाई आज पक्राउ गरेको हो ।
गोरखा जिल्ला अदालतले २०५१ साल माघ २ गते जोगिनीको हत्यामा अधिकारी संलग्न रहेको भन्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर अधिकारी फरार रहँदै आएका थिए ।
आफ्नै छोरीको घरमा लुकेर बसेको अवस्थामा अधिकारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
अधिकारीलाई आजै जिल्ला अदालत गोरखामा बुझाइएको छ । जोगिनीको हत्या गरेपछि अधिकारी भारतमा बस्दै आएको अनुसन्धानको क्रममा खुलेको र केही पहिले छोरीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । रासस
Loading...
Social Buttons