Latest News

कसले हान्यो अमेरिकी राष्ट्रपतिलाई थप्पड ?

bill-hilariएजेन्सी । अमेरिकी राष्ट्रपतिलाई थप्पड प्रहार भएको खबर सार्वजनिक भएको छ ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनमाथि थप्पड प्रहार भएको हो । अहिले अमेरिकी राष्ट्रपति पदका दाबेदार हिलारी क्लिन्टनले विलमाथि थप्पड प्रहार गरेको समाचार एजेन्सीले खुलासा गरेका हुन् । विल हिलारीका पति हुन् ।
विल र हिलारीको जीवनीमा आधारित एक किताबमा दाबी गरिएको छ कि पूर्व प्रथम महिला हिलारी पूर्व अमेरिकी राष्ट्रपति तथा पति बिल क्लिन्टनलाई कुटपिट गर्थिन् । किताबलाई उदृत गर्दै समाचार एजेन्सीहरुले रिसको आवेगमा आएका बेला हिलारीको व्यवहार एकदमै आक्रामक र हिंसक हुन्थ्यो । विगतमा उनले बिलमाथि कैयौपटक किताब, ऐश ट्रेले प्रहार गरेकी थिईन् र थप्पड पनि हानेकी थिईन् भनेका छन् ।
विलका राजनीतिक सल्लाहकार राजर स्टोनले हिलारीको बारेमा विश्वलाई जानकारी गराउन यो किताब यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्दैछन् । पुस्तकको नाम हो ‘द क्लिंट्स वार अन वूमैन’ । ‘न्यूयोर्क डेली टाइम्स’ र ‘डेली मेल’मा छापिएको अनुसार लेखकले दाबी गरेका छन् कि हिलारी आफ्ना पतिलाई घृणा गर्थिन् ।
तिखो बस्नुतले घोचपेच समेत गर्थिन् जसले कैयौ पटक विलको शरीरबाट रगत बग्थ्यो । यति मात्रै होइन उनी आफ्ना स्टाफ र सीक्रेट सर्विसका एजेन्टलाई पनि आतंकित पार्थिन् । हिलारी अहिले अमेरिकाको राष्ट्रपति पदकी दाबेदार हुन् ।
Loading...