Latest News

संविधान घोषणाको तयारी भइरहदा गच्छदारका सभासद एकाएक सिंहदरबारमा किन भेला भए ?

bijay-gachhedarकाठमाडौं, ३ असोज । संविधानसभा छाडेर आन्दोलनमा रहेको विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासदहरु एकाएक सिंहदरबार पुगेका छन् ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा नयाँ संविधान घोषणाको तयारी भइरहदा फोरम लोकतान्त्रिकका सभासदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा तयारी अवस्थामा बसेको स्रोतले जनाएको छ ।
यसअघि संविधानमा हस्ताक्षरमा गर्नका लागि प्रमुख तीन दलका शीर्ष नेतासँग गोप्य बैठकमा बसेका गच्छदारले आफ्ना सभासदलाई सिंहदरबारमा तयारी अवस्थामा राखेका हुन् ।
स्रोतका अनुसार बैठकमा शीर्ष नेताहरु फोरम लोकतान्त्रिकको मागमा सकारात्मक देखिएपछि गच्छदारले आफ्ना सभासदलाई संविधानमा हस्ताक्षर गर्नका लागि सिंहदरबारको पार्टी संसदीय कार्यालयमा तयारी अवस्थामा राखेका हुन् ।
तीन दलसँग सहमति गरेर गच्छदार पार्टीबाट त्यसलाई अनुमोदन गराउन अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छन् । पार्टीले त्यसलाई अनुमोदन गरेपछि सिंहदरबारमा जम्मा भएका गच्छदारका सभासदहरु संविधानसभा भवन प्रवेश गरी संविधानमा हस्ताक्षर गर्नेछन् ।
Loading...