Loading...
सिरहा, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका सभासद् धर्मनाथ साहको मिर्चैैयास्थित घरमा तोडफोड गरेका छन् ।
मिर्चैया नगरपालिका–५ स्थित साहको घरमा आज दिउँसो मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेका हुन् ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादवको नेतृत्वमा सिरहा सदरमुकाममा आयोजित मौन जुलुसका सहभागीले सभासद् यादवको घरमा आगजनी गरेका हुन् । आगजनीबाट सभासद् यादवको घरको आगनमा राखिएको बिआर१एपी ३९४६ नम्बरको जिप, स१प ७९८० नम्बर र अर्र्को नम्बर खुल्न नसकेको मोटरसाइकल तथा प्रतीक्षालय पूर्णरुपमा नष्ट भएको छ ।
सभासद् यादवले रुँदै आफ्नो घरको सुरक्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको भएपनि प्रहरी नपठाउँदा घटना भएको भनी दुःख व्यक्त गरिन् ।
मोर्चाका कार्यकर्ताले मौन जुलुस प्रदर्शनकै बेलामा सभासद् यादवको घरमा ढुङ्गामुढा गरेको र जुलुसबाट फर्किने क्रममा पुनः ढुङ्गामुढासहित आगजनी गरेको प्रत्यक्षदर्शी धनेश्वर यादवले बताए ।
आन्दोलनकारीले बैठक कक्षमा बसिरहेका सभासद्का छोरा तथा काँग्रेसका महाधिवेशन प्रतिनिधि डा सुभाषचन्द्र यादवलगायतमाथि हातपात गर्दै लखेटेका थिए ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा काँग्रेस र एमालेको घरमा तोडफोड एवं आगजनी गरिएको काँग्रेस कार्यकर्ताको आरोप छ ।
यता, संविधान जारी भएको विरोधमा जनकपुरमा विरोध गरिएको छ । मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका मुख्य चोकहरुमा भेला भइ संविधानको विरोध गरेका हुन् ।
Loading...
Social Buttons