Loading...
हिजो राजाको शासनमा १९ जनाको मृत्यु हुँदा राजालाई हत्यारा भन्दै मल्लिकआयोग गठन गर्ने वर्तमान गणतन्त्रवादीहरुले संविधान जारी गर्ने नाउँमा २४ जना नेपाली जनताको हत्या गरिसकेका छन् । अझै पनि मार्ने तयारीमा छन् ।हिजो राजाको शासन विरुद्ध जनताको शासन ल्याउने भन्दै राजसंस्थालाई अन्त गरेर गणतन्त्रको घोषणा गरेका गणतन्त्रवादीहरुले जनताको शासन भन्दै अस्पतालमा गएर समेत गोली प्रहार गरि जनतालाई मारीरहेको छ । तैपनि सबै मानौं केही नभएको जस्तो गरि मौन छन् ।हिजो राजाले सेना परिचालन गर्दा तानाशाह भन्नेहरुले आज संघीयतामा आफ्नो चित्त नबुझेको कुरा राख्दा पनि गोली ठोक्ने , कफ्यु गर्ने र सेना परिचालन गरि जनतालाई नजरबन्द गर्दा पनि मौन छन् सबै किन ? कहाँ गए मानवअधिकारकर्मीहरु ? कहाँ गए नागरिक समाज ? कहाँ गए बुद्धिजीवी भन्नेहरु ?
मत विचार राख्ने जनतालाई पनि गोली ठोकर मारिरहेका छन् । तैपनि जनता केही गर्न र बोल्न नसकी लाचार बनिरहेका छन् ।
आज तराई क्षेत्र पूर्ण रुपले तनावगस्त क्षेत्र मात्र होइन तराई नै अलग राज्य हुनुपर्ने माग सहित आन्दोलन गरिसकेको छ । अझ भारतीय गृहमन्त्री राजनाथनले त तराई हाम्रो प्रदेश हो भन्ने अभिप्राय सहित १ करोड हाम्रा नागरिकहरु तराई बसिरहेका छन् हामीलाई तिनिहरु सुरक्षाप्रति चिन्ता छ भनेर भन्न समेत पछि परेन । तै पनि जनता र सरकार मौन छन् । यसरी देशलाई विखण्डनको अवस्था सृजना गरिसक्दा पनि आफुलाई नेपाली हुँ भनेर भन्ने कोही पनि चुइक्क बोल्न सकेको छैन । सबै लाचार र नपुसंक भएर तमाशा हेरिरहेका छन् ।
यदी यसरी नै मौनतामा बसिरहने हो यो देश विखण्डन र गृहयुद्धमा जानबाट कसैले रोक्न सकिन्न । किनकी तराईमा जुन किसिमको जातीयताको नारा सहित राज्यको माग बढीरहेको छ यसको अन्तिम बिन्दु भनेको नै मुलुक विखण्डन वा गृहयुद्ध हो ।
तसर्थ अब त जाग र सोच नेपाली जनता । राजा हँुदाको देश र शासन र राजा नहुँदाको देश र शासन ब्यवस्थालाई बिश्लेषण गर । देशलाई निकास दिने , देशलाई सहि नेतृत्व दिने र देशलाई विकास समृद्ध तर्फ लाने को भनेर चिन ।
हिजो राजाले जनताको विरोध आउन साथ राजगद्दी नै परित्याग गरे तर आज गणतन्त्रवादीहरु उनीहरुले भनेको कुरा मानेन भनेर गोली हानेर मान्छे मारिरहेका छन् । आफ्नो सत्ता भत्ताकोलागी आफ्नो बाउको विर्ता झैं देशलाई आफुखुशी विभाजन गर्दैछ । यसमा विरोध गर्नेहरुलाई गोली उपहार दिइरहेका छन् । आज यी गणतन्त्रवादीहरुलाई नेपाली जनता जनता नभएर उनीहरुको नोकर सम्झि रहेका छन् । त्यसैले त यसरी जनता मर्दा र मारिरहँदा पनि यी गणतन्त्रवादीलाई कुनै संकोच भईरहेको छैन ।
सत्ता र बन्दुकको भरमा जे पनि गर्न सकिन्छ भन्ने अहम सहित आफ्नो स्वार्थकोलागी देशलाई विभाजित गरि गृहयुद्धमा फसाइरहेका यी गणतन्त्रवादीहरुको शासनको अन्त अति आवश्यक छ । होइन भने अब जनता यसरी नै यी गणतन्त्रवादीहरुको शिकार बनिरहनु पर्नेछ । यी हत्यारा गणतन्त्रवादीहरुबाट छुटकार पाउन देश र जनताको सुख र शान्तिकोलागी आफ्नो राजगद्दी परित्याग गर्ने राजसंस्थालाई पुनस्थापित गर्न जनता सडकमा आउनु अत्यन्त आवश्यक छ ।
देशकोलागी रगत बगाउनु पुण्यको काम हो । देश र रहे पो हामी रहन्छौं । तसर्थ देशलाई वर्वाद गर्ने यी गणतन्त्रवादीहरुको अन्तकोलागी अब सडकमा आउनु अत्यन्त आवश्यक भइसकेको छ ।
जनताको मौनता र सहनतालाई जनताको कमजोरी र डर सम्झिरहेका यी राष्ट्रघातीहरुलाई जनताको मौनता कमजोरी होइन, शक्ति हो, जनता डरछेरुवा होइन वीर हो । देशकोलागी रगत बगाउने र राष्ट्रघार्तीलाई समाप्त गर्ने शक्ति हो भनेर देखाउन पनि अब सडकमा आउनु आवश्यक छ ।
२००७ सालमा झैं राजा जनता मिलेर राणा शासनको अन्त गरे झैं अब पनि राजा जनता मिलेर यी राष्ट्रघाती, सत्तापिपासु एवं जनतामारा गणतन्त्रवादीहरुलाई अन्त गरि राजा सहितको पंचायति व्यवस्था पुनस्थापित गरि देशलाई विगतमा झैं शान्त, सुन्दर र समृद्ध र बनाउनु पर्दछ । सबैलाई चेतना भया ।
जनताको मौनता र सहनतालाई जनताको कमजोरी र डर सम्झिरहेका यी राष्ट्रघातीहरुलाई जनताको मौनता कमजोरी होइन, शक्ति हो, जनता डरछेरुवा होइन वीर हो । देशकोलागी रगत बगाउने र राष्ट्रघार्तीलाई समाप्त गर्ने शक्ति हो भनेर देखाउन पनि अब सडकमा आउनु आवश्यक छ ।
२००७ सालमा झैं राजा जनता मिलेर राणा शासनको अन्त गरे झैं अब पनि राजा जनता मिलेर यी राष्ट्रघाती, सत्तापिपासु एवं जनतामारा गणतन्त्रवादीहरुलाई अन्त गरि राजा सहितको पंचायति व्यवस्था पुनस्थापित गरि देशलाई विगतमा झैं शान्त, सुन्दर र समृद्ध र बनाउनु पर्दछ । सबैलाई चेतना भया ।
Loading...
Social Buttons