Latest News

मेरो भविष्यवाणी आजसम्म असत्य भएको छैन, असोज ३ गते शुभमंगल छ

ज्योतिष विहङ्गमराज तिमल्सिना
मैले आजसम्म मुलुकका सम्बन्धमा गरेको कुनै पनि भविष्यवाणी गलत सावित भएका छैनन् । संविधानसभाको निर्वाचन, न्यायाधीश देशको कार्यकारी हुने, सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी सत्य प्रमाणित भए ।
अब असोज ३ मा संविधान जारी गर्दा परिणाम के आउला ? यो प्रश्न धेरेको मनमा छ ।
२०७२ साल असोज ३ गते आइतबार अपरान्ह् पाँचबजे सप्तमी तिथी, प्रीति योग, जेष्ठ नक्षेत्र परेको छ । यो दिन सूर्य नारायणको तेजश्वी अंश पनि परेको छ । आइतबार सूर्यकै बार पनि हो ।
यो दिनको फल ज्योतिषको दृष्टिबाट नियाल्दा शुभ मंगलको दिन हो । यो दिन गरेका कामहरुले सुख, शान्ति, अमनचयन दिन्छन् । यो दिनलाई अशुभ भन्नु पर्ने कुनै कारण छैन ।
नेपालमा संविधान जारी गर्ने दिन असोज ३ गते नै तोकिएको छ । यो दिन संविधान जारी गर्दा के होला भन्ने आम चासो हुनु स्वाभाविक नै हो । तर आइतबारको ग्रह, नक्षेत्र आदिको विश्लेषण गर्दा यो दिन संविधान जारी गर्न शुभ मंगल छ ।
अब यो दिनको मात्रै होइन, देशकै अहिलेको अवस्था के छ भन्ने पनि बुझ्नु पर्छ । किनभने देशको अवस्थाले पनि देशभित्रका कार्यहरु प्रभावित हुन्छन् । नेपालमा अहिले वृहस्पति ग्रहको प्रभाव रहेको छ । त्यस्तै सूर्यको तेजश्वी अंश पनि नेपालमा अहिले परिरहेको छ । नेपालको राशी वृश्चिक हो । स्वामी मंगल हो । नक्षेत्र अनुराधा हो ।
यो वर्ष मुलुकको मंगल र शनिको अवस्था चाहिँ ठीक छैन । यी दुई ग्रह जब गलत स्थानमा बस्छन्, त्यो बेला अशान्ति, रक्तपात, दंगा हुने गर्छ । अहिले मंगल र शनिको अवस्थितिकै कारण मुलुकमा यस्तो भएको हो । तर शनि र मंगलको प्रभाव अहिले देखिए पनि यी दुई ग्रहको प्रभाव दीर्घकालीन हुन सक्दैन । किनभने वृहस्पति ग्रहको प्रभावले नेपाल शान्तितर्फ उन्मुख हुनै पर्छ । अमनचयन स्थापित हुनै पर्छ । मंगल र शनिको प्रभावलाई वृहस्पतिको प्रभावले उछिन्ने छ ।
डा. रामवरण यादबले संविधान जारी गर्ने कुरा छ । डा. यादवले संविधान जारी गर्दा पनि खास अनिष्ट हुने कुनै कारण देखिएको छैन । सुशील कोइरालाको चाहिँ कुण्डली नभएका कारण उहाँको प्रचलित नामबाटै भविष्यवाणी गर्नु पर्ने हुन्छ । प्रचलित नामकै आधारमा पनि कार्यकारी प्रमुखलाई यसपटक सफलताको योग परेको छ । सुरुमा बाधा र अड्चन आएपनि कोइराला असफल हुनेछैनन् । यहि अवसरमा म अर्को एक कुरा पनि सुनाउन चाहन्छु । मैले मुलुकको शान्ति, सुख र समृद्धिका लागि दश महाविद्याको साधना पनि गरेको थिएँ । जुन योगी नरहरि नाथ, धनशमशेरले मात्रै यस अघि गरेका थिए ।
(कुराकानीमा आधारित)
- See more at: http://kathmandutoday.com/2015/09/135244.html#sthash.Xf4bWbss.dpuf
Loading...