Latest News

काली बाबाले जलाए कमल थापाको पुत्ला

putlaa (1)काठमाडौं । नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गरिनु पर्दछ भन्ने मान्यता राख्ने समर्थकहरुले मनोमानी ढंगल धर्म निरपेक्ष संविधान जारी गरिएको विरोधमा आठ प्रमुख नेताहरुको नयाँ दिल्लीमा पुत्ला दहन गरेका छन् ।
धर्म निरपेक्ष संविधान लादेको आरोपमा दिल्लीको जन्तरमन्तरमा गत मंगलबार आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी तर्फका प्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली, प्रचण्ड, सुभाष नेम्बाङ, रामचन्द्र पौडेल, माधव कुमार नेपाल र तिनका सहयोगी पात्र भएर महत्वपूर्ण भुमिका खेलेको भन्दै राप्रपा नेपालका कमल थापाको पुत्ला जलाइएको थियो ।

दिल्लीको जन्तरमन्तरमा आयोजित कार्यक्रममा हिन्दु राष्ट्र विरोधी नेताहरुको पुत्ला दहन गर्नेहरुमा काली बाबा, शिवसेनाका अगुवा मास्टर थापा, एसपी मेमोरियलकी अध्यक्ष लक्ष्मी बराल लगायत नेपालीहरुको उल्लेखनीय उपस्थिति थियो ।
बहुसंख्यक नेपाली र विश्वभर छरिएर रहेका हिन्दुवादीहरुको माग र भावनामा आँच आउने गरी मनोमानी ढंगले संविधान २०७२ मा धर्म निरपेक्ष लादिएको कारण विरोध स्वरुप आठ प्रमुख पात्रका पुत्ला दहन गरिएको हिन्दुवादी अभियन्ता महेन्द्र केसीले जानकारी 
Loading...