Loading...
यसबेला नेपालमा भारतले नाकाबन्दी लगाएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् । तर उनै नरेन्द्र मोदीलाई यहाँसम्म रातदिन नभनी यो उचाईमा ल्याउन एउटा नेपाली युवाले पसिना बगायो । उनको हेरचाह ग¥यो । उसले आफ्नो जिन्दगी दियो तर उनै मोदी अहिले उनै नेपाली युवाको परिवार र समग्र नेपालीलाई नाकाबन्दी लगाएर भोकभोकै राख्न खेल खेलिरहेका छन् । मोदीलाई यो उचाईमा ल्याउन उनकी उनको परिवारको भमिका खेल्ने ती युवा को होलान् त, को होलान त नरेन्द्र मोदीसँग त्यति निकटमा रहेका नेपाली ? कुनै राजनीतिक पार्टीका कार्यकर्ता, कुनै धार्मिक संघसंस्थाका सदस्य या घरेलु कामदारका रूपमा बसिरहेकामध्ये कोही ? यी कुनै पनि अनुमान मिल्दैनन्। ती नेपाली युवक हुन्, नवलपरासीको कावासोती(१ का जितबहादुर सारुमगर, २८ ।
आर्थिक रूपले विपन्न परविारका सदस्य जितबहादुर कामकै सिलसिलामा १० वर्षकै उमेरमा भारत गएका हुन्। काम गर्ने ठाउँ परविर्तन गर्दै जाँदा गुजरातको मुख्यमन्त्री पनि भइनसकेका मोदीको सामीप्यमा पुगेपछि उनले मोदीको स्याहार गर्न थाले । अहिले भारतको प्रधानमन्त्री भइसकेका मोदीसँग रगतको नाताका नभए पनि जितबहादुर कुनै हिसाबले पनि पुत्रभन्दा कम लाग्दैनन्, धर्मपुत्रजत्तिकै छन्।
अति विपन्न सुकुमबासी परविारका १० वषर्ीय जितबहादुरलाई उनका दाजु दशरथ सारुमगरले ०५५ सालमा भारतको राजधानी नयाँदिल्लीमा आफूले काम गर्ने अमरजित नामका साहूको घरमा पुर्यालए। त्यहाँ दुई दिन बसेपछि जितबहादुरलाई अमरजितले राजस्थानमा रहेको आफ्नो ससुराली घरमा काम गर्न पठाइदिए। कलिलोे भाइलाई एक्लै अन्तै पठाउनुपर्दा दाजुको मन कम्ती भक्कानिएन। तर, नियति त्यही थियो, दाजुभाइ छुट्टनिै पर्यो।
दशरथ त्यतिबेला मासिक पाँच सय भारतीय रुपियाँमा अमरजितको घरमा काम गर्थे। भाइको तलब उनलाई थाहै भएन। तिनताक नवलपरासीको देउराली गाविस-३, गिरुबारीमा उनीहरूको छाप्रे घर थियो। जितबहादुर दाजुभाइले घर छाड्दा बहिनी भर्खरै जन्मिएकी थिइन् भने आमा खेगीसराचाहिँ गर्भवती थिइन्।
साँझ,बिहान हातमुख जोर्ने हैसियत नभएका उनीहरूका बाबु चूडामणि धामीझाँक्रीको काम गर्थे। आफैँ रोगी भएकाले गरबिीबाट उम्किने उपाय खोजिरहँदा दशरथलाई आफन्तले दिल्लीमा लगेर काम लगाइदिएका थिए। घरमा बाबा सधैँ बिरामी, आमा एक्लीको कमाइले खान पुग्दैनथ्यो,ू कावासोतीको एक घरमा सिकर्मीको काम गररिहेका जितबहादुरका दाजु दशरथ भन्छन्, भाइ पाल्ने जिम्मा मेरो काँधमा आयो र उसलाई दिल्ली पुर्या एँ।
दुई वर्षपछि बाबु बितेको खबर पुगेपछि दाजु दशरथ घर आए। बर्सेनि तीन बहिनी जन्मिसकेका रहेछन्। एक्लै घर पुगेपछि आमाको खप्की खाए, भाइलाई किन नल्याएको भनेर। आफू मात्र भएकाले बाबुको काजकिरयिा गर्न नपाएपछि दशरथ भाइलाई लिन फेर िदिल्ली गए। आफ्ना साहू अमरजितसँग राजस्थानस्थित उनको ससुरालीमा काम गर्न पठाएको भाइलाई फर्काइदिन अनुरोध गरे। जवाफमा अमरजितले जितबहादुर आफ्नो ससुरालीमा नभएको, भागेर अन्तै कतै गएको बताएछन्। मन त कति भक्कानियो,भक्कानियो, उनी सम्झन्छन्, दिल्ली पुग्दा भाइ छैन, उता घरमा बाबा छैनन्। अनि, आमा र बहिनीहरूले खाने अन्न पनि छैन।ू भाइलाई नभेटी दिल्लीबाट रत्तिो हात घर फर्किंदासम्म आमाले अरूसँगै बिहे गरसिकेकी थिइन्।
उता जितबहादुर भने राजस्थानमा अमरजितको ससुरालीबाट रातको मौका पारेर ढोका नखोली पर्खाल नाघेर घर फर्किन रेलवे स्टेसन आए। लेखपढ गर्न नजान्ने उनी गोरखपुर जान भनेर चढेको रेल त मुम्बई जाने परेछ। यो कुरा जितबहादुर स्वयंले करबि डेढ दशकपछि नेपालमा परविारसँगको पुनःमिलनपछि दाजु दशरथलाई बताएका हुन्।
त्यसरी रेलमा हिँडेका जितबहादुरको आडैमा एक महिला थिइन्। तिनीसँग उनको परचिय भयो। तिनले जितबहादुरको चासो राखिन् र घरमा लगिन्। चञ्चले स्वभावका जितबहादुर त्यहाँ पनि धेरै दिन टिकेनन्। र, बेलगाम हिँड्दा हिँड्दै पुगेछन्, गुजरातको अहमदावादस्थित नरेन्द्र मोदीको निवासमा।
आफ्नो सम्पर्कमा आएदेखि नै जितबहादुरलाई नरेन्द्र मोदीले आफ्नो घरमा राखे र काम लगाए । उनले मोदीलाई अमुल्य पसिना दिए र राजनीतक यात्रामा जीवन मारेरेै साथ दिए । मोदी परविारको संगतमा जितबहादुरले करबि डेढ दशक बिताइसकेका छन् । उनी भारत गएकै पनि १६ वर्ष पुगिसकेको छ।
मोदी प्रधानमन्त्री भइसकेपछि भने उनको भेट भएको रहेनछ । उनले भन्ने गर्छन्,, ुसाहेब दिल्लीमा हुनुहुन्छ, म यता होस्टलमा छु। कहिले भेट हुन्छ, थाहा छैन ।जीवनभरि मोदीको सेवा गरेका उनी अहिले भने टाढै बस्छन् । मोदीले राजनीतिक यात्रासँगै आफ’ एक्लै बस्ने गरेका थिए, त्यही बेला एउटा सोझो नेपाली ठिटोले उनलाई यो स्स्थानमा ल्याउन ठूलो भूमिका खेलिदियो आज उनै मोदी भारतीय प्रधानमन्त्री भएर जितबहादरको परिवार र समग्र नेपालीहरुलाई भोकै राख्न खेल खेलिरहेका छन् । सायद मोदीलाई जितबहादरले कुनै रात भोकै राखेनन् होला । त्यही भएर नेपालीहरुलाई उनले त्यो गुण तिरिरहेका छन् । सबै नेपालीहरुलाई नाकाबन्दीको बल्छीमा पारेर भोकभोकै राख्दैछन् । वाह नरेन्द्र मोदी ।
Loading...
Social Buttons