Loading...
धारा ६१ मा ‘नेपालमा एक जना राष्ट्रपति रहने छन्’ भनिएको छ । तर, राप्रपा नेपालले सो धारामा राष्ट्रपतिको सट्टामा राजसंस्था नै हुनुपर्ने माग गर्दै संसोधन प्रस्ताव दर्ता गराएको थियो । राप्रपा नेपालको सो प्रस्तावमा एमाओवादी नेताद्धय प्रचण्ड र बाबुरामसहितका सभासदले झुक्किएर राजसंस्थाका पक्षमा हात उठाएर ‘हुन्छ’ भनेपछि एकछिन सभाहलमै हाँसो फैलियो ।
प्रचण्ड-बाबुरामले नै राजा चाहियो भनेपछि सभामुख सुवास नेम्वाङ समेत अलमलमा परेका थिए । तर, उनीहरुले तुरुन्तै आफूहरुलाई सच्चाउदै ‘हुदैन’ भन्दै प्रस्तावको विपक्षमा हात उठाएर मतदान गरे । त्यसपछि कमल थापाको राजा ल्याउने प्रस्तावलाई बहुमतले अस्वीकार गरिएको थियो । यसरी झुक्किनेमा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेताहरु डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, शक्ति बस्नेतसहित सभासदहरु थिए ।
साभार:दैनिक नेपाल डट कम
Loading...
Social Buttons