Latest News
देशभरिका शैक्षिक संस्थामा दुईदिने हड्ताल गर्न 'आदेश' दिएको माओवादी क्रान्तिकारीको विद्यार्थी संगठनका कार्यकर्ताले सोमबार काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरे।
आफ्नो 'आदेश' नटेरेको भन्दै कर्यकर्ताले तोडफोड गरेपछि विद्यार्थीको सुरक्षा जोखिममा पर्ने डरले मंगलबार लगभग देशभरिका सबै स्कुल-कलेज ठप्प छन्।
निजी स्कुलदेखि विश्वविद्यालयसम्मले हचुवा भरमा वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने, गरिब विद्यार्थीले मेडिकल शिक्षा नि:शुल्क पाउनुपर्ने लगायत माग राख्दै उक्त संगठनले देशभरका शैक्षिक संस्थामा हड्ताल गरेको हो।
विद्यार्थीको सुरक्षा प्रभावित गर्ने गरी बन्द हड्ताल गराउने दलका प्रमुख नेताका छोराछोरीले कहाँ पढिरहेका होलान्?
माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द 'विप्लव' ले आफ्ना छोरालाई महंगो शुल्क तिर्नुपर्ने चितवन मेडिकल कलेजमा एमबिबिएस पढाइरहेका छन्। चन्दपुत्र प्रकाशले आफू शुल्क तिरेरै निजी मेडिकल कलेजमा पढिरहेको सेतोपाटीलाई बताए।
'तपाईं आफैं त्यत्रो महँगो शुल्क लाग्ने क्याम्पसमा पढिरहनुभएको रहेछ नि?' भन्ने प्रश्नमा प्रकाशले जवाफ दिए, 'पढ्न पाउनु त मेरो अधिकार हो नि हैन र?'
उनले थपे, 'मैले युद्धकालभरि रुकुमको सरकारी स्कुल पढेँ, आइएस्सी अस्कलमा पढेँ। एमबिबिएस पढ्न यहाँ आएको हुँ। मलाई हरि (कलेजका सञ्चालक) सरले केही सहुलियत दिनुभएको छ। सुरुमा दस लाख बुझाएको हो, त्यसपछि वर्षैपिच्छे एक-दुईलाख तिरेर पढिरहेको छु,' उनले भने।
उनी आफ्ना बाबुको पार्टीको विद्यार्थी संगठनमा पनि आबद्ध छन्।
'तपाईंहरुको बन्द हड्तालले सर्वसाधारणका छोराछोरीको पढ्न पाउने अधिकार खोसियो भन्ने लाग्दैन?'
'बन्द हड्ताल राम्रो विकल्प त होइन तर विद्यार्थीकै हकहितका माग राखेर हामीले बेलाबेला सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनेन। त्यसैले सरकारलाई नै दबाब दिन हामीले हड्ताल र बल प्रयोग गर्नुपरेको हो,' प्रकाशले भने।
चिकित्सा शिक्षामा कायम बेथितिविरुद्ध डाक्टर गोविन्द केसीले शृंखलाबद्ध आमरण अनसन बस्दा चन्दले मुखसम्म खोलेका छैनन्। स्कुल तोडफोडमा उनकै नेतृत्वको भ्रातृसंगठनले प्रेस विज्ञप्ति जारी गर्दै जिम्मेवारीसमेत लिएपछि सेतोपाटीले उनीसँग फोन सम्पर्क गरेको थियो। उनले फोन उठाएनन्।
निजी स्कुल सञ्चालकहरु भने चन्दको पार्टीले चन्दाका लागि आफूलाई दु:ख दिन बन्द हड्ताल गरेको आरोप लगाउँदै आएका छन्। विगतमा पनि बन्द गर्ने र 'कुरा मिलेपछि' फिर्ता लिने गरेको उनीहरुको भनाइ छ।
प्रिय जोया
हुन त म साइनोमा तिम्रो कोही पर्दिनँ । तिमी र ममा देशको भिन्नता छ । भाषाको भिन्नता छ । लवाइ–खवाइको भिन्नता छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान् साइनो छ, त्यो हो मानवीयता र नारीको साइनो । मजस्तै तिमी पनि नारी अनि कसैकी आमा, कसैकी छोरी, कसैकी चेली हौ । सबैभन्दा उच्च कुरो तिमी एक बहादुर आमा हौ ।
यही कारण हो, जसले मलाई तिम्रानिम्ति दुई शब्द कोर्न बाध्य बनायो । यही कारण हो, तिम्रा हरेक पीडाले मेरो मन छोयो । केही दिनअगाडि देखि सामाजिक सञ्जालमा एउटा अपुष्ट खबर छापियो कि एक फिलिपिनी महिला छोराछोरी लिएर रूँदै सडकमा अलपत्र परेकी छिन् भनेर । बिस्तारै–बिस्तारै दिन बित्दै जाँदा त्यो समाचार आगो फैलिएसरी फैलँदैै भाइरल भयो ।
तिमी फिलिपिन्सबाट दुबईमा ती नेपाली युवकजस्तै श्रम गर्न आएकी थियौ । अझ तिम्रोबारे लेखिएको थियो कि तिमी तीन÷चार वर्षपहिले पैसा कमाउन गएको एक नेपाली युवकसँग प्रेममा पर्यौ, जो आफैँ कुलतमा फसेका थिए रे । र, तिमीले उसलाई सक्दो सहयोग गर्यौ । यहाँसम्म कि तिमीले आफूले दिन–रात नभनी जोडेको पैसाले तिम्रो प्रेमी भनाउँदो त्यो युवकलाई नेपाल ल्याउन सफल भएकी थियौ ।
र, ती युवकको प्रेममा परेकी तिमीलाई तिम्रो भनाइ र समाचारमा आएका लिखित भनाइअनुसार त्यो प्रेमीले विभिन्न प्रताडना दिइरह्यो । कस्तो अनौठो लाग्ने हगि ? जसको प्रेममा परेर तिमीले आफ्नो देश छाड्यौ, जिन्दगी नै धराशयी बनाएयौ । उसैले तिमीलाई यत्तिका पीरव्यथा आँसु र पीडा कसरी दिन सक्यो ? कि ऊ साँच्चिकै मानव थियो ? या उसले तिमीलाई खेलौना ठान्यो ? कि तिमी विदेशी केटी भएकाले जे–जस्तो व्यवहार गरे पनि मिल्छ भन्ने सोच्यो उसले ? के यही प्रेम थियो ? तिम्रो बलिदान र त्यागको बदलामा तिमीलाई उसले दिएको प्रेम यस्तै थियो ?
उफ्, आज यी शब्दहरु केलाउँदाकेलाउँदै मेरो औँला काँपेका छन् । मन आन्दोलित भएको छ । असह्य पीडाको अनभूति भएको छ । किनकि तिम्रो प्रेम र त्यागलाई आज नाजायज प्रेमको एउटा स्वरुप बनाइएको छ । तिम्रो प्रेमको बलिदानलाई अवैधानिकताको ल्याप्छे लगाइएको छ । तिमीले बिताएका हरेक दिनको हर्जना तिराइएको छ । तिमीले पाएका पीडाको तिरस्कारको उल्टो तिम्रो देशले हर्जना तिर्नुपरेको छ ।
यो कस्तो विडम्बना हो, यो कस्तो अन्याय हो ? आजको अत्याधुनिक युगमा के सही, के गलत, के अन्याय, के न्याय सबैले छुट्याउन सक्ने भएका छौँ जोया । हो, तिमी विदेशी केटी थियौ र तिम्रो पीडा पनि विदेशीको पीडाजस्तो लाग्यो होला कसैकसैलाई । कसैलाई यी फिलीहरुलाई यस्तै व्यवहार गरिनुपर्छ किनकि यिनीहरु चरित्रहीन हुन्छन् । हो, आम रुपमा यस्तै–यस्तै मान्यता छ– आममान्छेमा फिलिपिनी महिलाप्रति । तर, म सत्य मान्दिनँ यस्ता आमगलत हल्लाहरुलाई ।
किनकि सबै फिली केटी चरित्रहीन हुँदैनन् । र, कुनै पनि कुरा सबै नराम्रा र सबै नराम्रा हुँदैण्हुँदैनन । हरेक ठाउँमा हरेक देशमा हरेक समाजमा राम्रा कुरा सँगसँगै नराम्रा विकृति नराम्रो परिवेश हुन्छन् । अनि अर्काे महथ्वपूर्ण कुरो तिमीले जसलाई प्रेम गर्यौ, आफ्नो प्राणभन्दा बढी प्रेम गर्यौ । नत्र त्यही नेपालीसँगै बिहे गर्नु र उसैका लागि आफ्नो जिन्दगी नै दाउमा किन लगाउने थियौ र ? यति ठूलो संसारमा तिमीजस्ती रुपवान् केटीले अरु पनि केटा भेट्न सक्थ्यौ ।
तर, प्रेमको लीला अपरम्पार छ । यही प्रेमका लागि ठुल्ठूला युद्ध भएका छन् । कैयौँ प्रेमी यही प्रेममा डुबेर आफूलाई विलीन बनाएका छन् । कतिले आफ्नो ज्यान दिए कतिले प्रेमकै नाममा अरुको ज्यान लिए ।
त्यसैले जोया, कसैलाई प्रेम गरेकै कारण तिमीले परदेशी भूमिमा पाउनु दुःख पायौ । भाषा, बोलिचाली रहन–सहन बेग्लै भएको बिरानो ठाउँमा तिमीले आफ्नो कल्कलाउँदो जीवन सिँचाइ गर्दै आफूलाई जीवनको सबैभन्दा महत्वपूर्ण कुरा आफूलाई आमा बनायौ । भनिन्छ, ‘एक साधारण व्यक्तिले जस्तातस्ता परिस्थिति सामना गर्न सक्दैनन् तर एउटी आमाले हरेक परीक्षा र परिस्थितिको सामना गर्न सक्छन् ।
यसैले त तिमीले यत्तिका दुःख पायौ । तिम्रा दुई छोरालाई छाड्न सकेनौँ । उनीहरुको बाबुले निर्वाह गर्न नसकेको कर्तव्य तिमीले सहर्ष स्वीकार्दै आफ्ना दुई संन्तान लिएर हाँसीखुसी आफ्नो देश (फिलिपिन्स) फर्कन सक्यौ । साँच्चिकै भन्नुपर्दा तिमीले तिम्रो प्रेमीबाट कानुनतः रुपमा वैधानिकता पाउन सक्छौ र तिम्रा छोराहरुले बाबुको नाममा सम्पूर्ण अधिकार पाउन सक्छन् । त्यो उनीहरुको जन्मसिद्ध अधिकार हो । हो, हाम्रो कानुनले तिमीलाई र तिम्रा छोराहरुको जन्मसिद्ध अधिकार दिनैपर्छ । । त्यसैले यसपालि तिमी गए पनि जुनै पनि दिन तिमी तिम्रो इच्छा भएको खण्डमा फर्केर आफ्नो गुमेको हक–अधिकार प्राप्त गर्न सक्नेछौ । र, तिमीलाई साथ दिने हामीजस्ता हजारौँ नेपाली हुनेछौ ।
यो लेख प्रकाशित हुँदा तिमी तिम्रो देश पुगिसकेकी हुन्छ्यौ होला । जोया, तिमी यात्रामै छौ कि । तर, तिम्रो पीडादायी कथाले हामी सम्पूर्ण नेपालीको मन पोलेको छ । छटपटी भएको छ । किनकि देशले सिमाना छुट्याउँछ, भाषा छुट्याउँछ तर मानवीय संवेदना र भावना छुट्याउन सक्दैन । किनकि मानवीय व्यवहार र मानवीय धर्मको कुनै सिमाना हँुदैन जोया ।
त्येसैले तिमीलाई तिम्रो अवस्थाका लागि हामी सम्पूर्ण नेपालीको तर्फबाट माफी माग्न चाहन्छु । किनकि तिमीसँग जे–जे गलत कुरा बित्यो, त्यो हाम्रा लागि समेत असह्य र गलत नै हो । कुनै पनि स्वाभिमानी नेपालीले आफ्नो देशमा आएका चाहे जुनै विदेशी हुन् चाहे जुनै सम्बन्ध जोडेर आएका हुन्, तिनीहरुप्रति अन्याय र नराम्रो व्यवहार गरेको सहदैनौँ । अझ त्यसमाथि तिमी त विदेशमा आपतमा परेको नेपालीलाई सहयोग गरेर हाम्रो देशमा भित्रिएकी थियौ ।
हो, तिम्रोजस्तै पीडाले पीडित नारी हाम्रा देशमा हजारौँ छन् । तर, ती स्वदेशी हुन् । जसले आफ्नै देशमा घरेलु हिंसाको सिकार भएका छन् । सयौँको संख्यामा नारी बलात्कार, दाइजो र असीमित रुपमा पीडित भइरहेका छन् । र, यस्ता घटना पक्कै राम्रो हुँदै होइनन् । त्यसैले हामीले गलत कुरालाई गलत नै भन्न सक्नुपर्छ । जुनै पनि घरमा आमाछोरी, दिदिबहिनी हुन्छन् । र, तिमीलाई जस्तै पीडा हाम्रा छोरीचेलीलाई नपर्ला भनेर कसैले ग्यारेन्टी दिन सक्दैनौ । त्यसैले हामीले नै हाम्रा छोरीचेलीलाई सजग हुन र सकेसम्म आफ्नो सुरक्षा आफँै गर्न सिकाउनुपर्छ । यो आजको युगको माग पनि हो ।
अन्त्यमा नेपाल बस्दा तिमीले जे–जस्तो व्यवहार भोग्न पर्यो, ती सबै नराम्रा कुरा तीता यथार्थ भनेर सधैंका लागि भुलिदिनू । जोया तिम्रा दुई छोरा हाम्रो छोरा हुन् । नेपाली रगत हुन् । हामीबीच हाम्रो देशको नाता छ । ती दुई छोरालाई उसको बाबाजस्तो नबनून् भनेर सक्दो सचेत बनाउनू । नत्र भोलि अर्की जोया बन्न के भर भो र ? तयसैले आउँदा दिनमा तिमी योभन्दा अझ बलियो कर्मनिष्ठ भएर अगाडि बढ्नू । तिम्रोजस्तै पीडा भएका अन्य नारीका लागि प्रेरणा स्रोत बन्न सक्नू, तिमीलाई यही शुभकामना म-हामी नेपालीको तर्फबाट ।

उही तिम्री नेपाली दिदी
जुनु राना 
बागलुङ, नेपाल 
हाल : हङकङ
काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतक परिवारसँग भेट गरेका छन् ।
घाइते भेट्न भनेर मंगलबार दिउँसो काभ्रेको बनेपा पुगेका ओलीले बनेपा तिर मेमेरियल हस्पिटलमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिए ।
मृतक परिवारलाई सान्तवना दिइसकेपछि धुलिखेल हस्पिटलमा उपचाररत घाइतेहरुलाई भेट्न पुगेका ओलीले उपचार खर्च र राहतका लागि आफू र आफ्नो पहल गर्ने आश्वासन दिए ।

मृतकका परिवार र घाइते भेटिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतकलाई राहत उपलब्ध गराउन पार्टी र आफूले पहल गर्ने तथा सरकारलाई दबाब दिने बताए ।
उनले आवश्यकताअनुसार सडकको अवस्था सुधार हुनुपर्ने तथा फराकिलो बनाउनुपर्ने भन्दै यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तत्काल अन्त्य हुनुपर्ने बताए । सिण्डिकेड अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउँदै ओलीले सडकमा गाडी गुडाउँदा सवारी साधनको अवस्था र सवारी चालक सक्षम हुनुपर्ने बताए ।

उनले भने– ‘सडक दुर्घटना रोक्न यातायातको क्षेत्रको सिण्डिकेड अन्त्य हुनुपर्छ, सडक राम्रो हुनुपर्यो, चालक सक्षम हुनुपर्यो, सवारी पनि कन्डिसनमा हुनुपर्यो । यी कुरामा सरकारले विशेष ध्यान दिनुपर्यो ।’
ओलीका साथमा पत्नी राधिका, एमाले नेता गोकुल बास्कोटा लगायको सहभागिता थियो ।