Latest News

यो उथलपुथल हुँदै गरेको समाजको अटल नेपाली माया !
भाउजू सकुशल माइती पुग्नु भयो होला यहि कामाना नि गरे । खै कसरी सुरु गरौ यी पत्रको हरफ हरु…… अत्यन्त कहाली लाग्दा तपाईंको नेपाल बसाई कस्तो भयो कुन्नी ?? नेपाल जस्तो पुरुष प्रधान देशमा तपाईं जस्तो महिला लाई अधिकार सम्पन्न बनाइएको फिलिपिन्स बाट नेपालमा पाइला राख्नु भएपछि थाहा भयो होला । नेपाली महिला हरुको अवस्था के रहेछ नजर अन्दाज गर्नु नै भयो होला ? खै के भनौ भाउजू हाम्रो समाजै एस्तै छ देशको न्याय कानुन परिवर्तन हुनुपर्छ भनेर पटकपटक क्रान्ति आन्दोलन भै सके पटक पटक महिला अधिकारको लागि आन्दोलन भए रातारात च्याउ उम्रेसरी महिला मुक्तिको लागि हजारौं सस्था खडा भए ।

जसरी सस्था खडा भए त्यस्तै समस्या हरु झन खडा भए दैनिक जसो हत्या, बलात्कार, दाइजो नदेको झोकमा दैनिक जसो महिला हरु जलाइए छोरी मात्रै पाएको निहुँमा सैयौ लाई घरबार बिहिन बनाइए, बोक्सीको आरोपमा मुलमुत्र ख्वाइन्छ । एस्तै छ नेपालको महिला माथिको स्थिती यस्तो स्थितिमा तपाईंको पक्षमा बोली दिने कोहि भएनछन । हुनत तपाईं जस्तोको पक्षमा नेपालमा बोली दिने नै को हुन्छ र ?? तपाईं एउटा क्रिश्चियन देशको नागरिक क्रीस्चियन पनि पर्नु भयो होला ?? हामी पनि अधिकार यी बेथिति कुरिती अन्त्याको लडाइँमा नै छौ । अहिले हामीलाई र हाम्रो आन्दोलन लाई संसारको अगाडी बदनाम बनाउन जातिय आरोप लाईदैछ । खैर यी कुरा छोडौ तपाईंले त ससम्मान बिदा पाउदा नि अधिकार सहित बिदा पाउनुपर्ने हो । झन तपाईंलाई त इलिगल घोषणा गरेर तपाईंको देशको दुतावास खोजेर सात लाख जरिवानापो तिराईएछ । तपाईं एक महिने टुरिष्ट भिजामा आउनु भएछ तर एक महिना पछि यो मान्छे किन फर्केन के भयो भनेर सरकारले कहिले खोजी गरेन तपाईं माथी परेको अन्यायको पनि कुनै मुल्यांकन भएनछ ।

अर्काको देशको चेली ल्याएर बिजोग पार्ने कुपुत्र जिबन थापाको नि कुनै सोधिखोजी भएनछ ? नत कुनै जरुरी नै देख्यो त्यहा तपाईंको मानवीयताको कुनै कदर भएको पाइएन बरु उल्टै तपलाई बिदाई होईन देशबाट लखेटिएको छ। हाम्रो नेपालि समाजलाई अाधार मान्ने हो भने तपलाई नङ्ग्याईएको छ र सर्वस्व लुटिएको छ। यो घटनाले वास्तवमा हामी नेपालिलाई केहि हदसम्म भएपनि बेईज्जत अवस्य गरेको छ। एउटा हाम्रो नेपाली हरुको मनमा प्रश्न हरु जागिरहेको छ । एउटि महिला जो बर्षौ देखि शारीरिक मानसिक आर्थिक पीडा सहदै आएकी थिइन्

उनैलाई ओभर स्टे भए बापत ७/७ लाख जरिबाना?
त्यो पैसा उनले तिर्नु नपरे पनि मानसिक पीडा भयो कि भएन ?
समय परिस्थिति र संबेदनशीलता हेरेर त्यो पैसा छुट मिनाह दिनु पर्ने हो कि हैन ?
एक हिसाबले नेपाली नागरीक संग बिहा गरेर २/२ वटा बच्चा भए पछि उनी नेपाली नागरीक स्व सरह हो कि हैन?
तपाईं लाई जुन तरिकाले ससम्मान बिदा हुनुपर्ने नेपाली अङ्गकृत अधिकार पाउनुपर्ने, अङ्स, पासपोर्ट पाउनु पर्ने बेला तपाईं माथी जुन अपमान भएको छ ।
म र हामी भन्न चाहन्छौ

#Iam_sorry_Joya_bhauju
#we_are_sorry_Joya_bhauj…

यस्तै छ यहाको चलन यो चलनलाई तोडदै तपाईंको पक्षमा आवज हरु बुलन्द उठ्दैछन ।
आसा गरौ तपाईंले छिट्टै न्याय पाउनु हुने छ ।
उहीँ तपाईंको अपरिचित देवर

शान्ती राज राई “वाम्बुले”
नेपाल

साभारः लाइटनेपाल
काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले अघिल्लो सरकारको निर्णयहरु नउल्ट्याउन दाहाल सरकारलाई आदेश दिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम पुष्पकमल दाहाल नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले फिर्ता लिएपछि सर्वाेच्चले बुधबार यो निर्णय कार्यान्वयन नगर्न नयाँ सरकारलाई अन्तरिम आदेश दिएको हो ।
सिफारिसमा परेर पनि सुनुवाइ हुन नपाउँदै नयाँ सरकारले सिफारिस फिर्ता लिएपछि सिफारिस गरिएका राजदूतहरुले साउन ३१ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।
रिटको सुनुवाईपछि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले १४ राजदूतको नाम अस्वीकार गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार सर्वोच्चले यो विषयमा सरकारसँग लिखित जवाफ समेत मागेको छ ।
ओली सरकारले सिफारिस गरेका २१ मध्ये परराष्ट्र सेवाका ७ जनाको संसदीय सुनुवाइ सम्पन्न भइसकेपनि राजनीतिक नियुक्तिका १४ जनाको सिफारिस प्रचण्ड सरकारले फिर्ता लिएपछि संसदीय सुनुवाइ समितिले उनीहरुको सुनुवाई नगरेरै घर पठाएको थियो ।
 -
इटहरी – हिन्दुराष्ट्र सगै राजसंस्थाको पूर्नस्थापनाको लागी भन्दै पूर्वी नेपालमा पछिल्लो केही महिना यता अर्धसैनिक युवा दस्ता प्रशिक्षण शुरु गरिएको छ । देशमा बढ्दो रुपमा रहेको भ्रष्टचारको अन्तय अनि हिन्दुराष्ट्रको जनमत संकलनको लागी भन्दै अहिले बृहत राष्ट्रवादी मोर्चा नाम गरेको समुहले युवाहरुलाई अर्धसैनिक प्रशिक्षण शुरु गरेको हो ।

मोर्चाले सुनसरी, मोरङ र झापामा युवाहरुलाई अर्धसैनिक रुपको तालिम तथा राजनितिक प्रशिक्षण दिदै आएको छ । जसमा युवा तथा पूर्व सुरक्षाकर्मीहरु सहभागी छन्Rajabade  (1) । प्रशिक्षणमा खैरो रङको पोसाक पनि तयार गरिएको छ । उनिहरुलाई अहिले बृहत राष्ट्रवादी मोर्चाका सिनेट श्रेष्ठ र योगेन्द्र खनालले प्रशिक्षण दिइरहेका छन् ।

श्रेष्ठ विगत छ महिनादेखि आफ्नो पुख्र्यौली सुुनसरीको जिरायतमा रहेर प्रशिक्षण दिइरहेका छन् । सिनेट पूर्वमन्त्री दिलबहादुर श्रेष्ठका छोरा हुन् । श्रेष्ठ लामो समयसम्म काठमाडौ, थाईल्याण्ड, लण्डन र इन्डोनेसिया बसेका उनी एकाएक ६ महिना अघि मात्रै इनरुवा आएर प्रशिक्षणलाई तिब्रता दिइरहेका छन् ।

योगेन्द्र खनाल भने झापाका पूर्व राप्रपा नेपालका नेता हुन् । हिन्दुराष्ट्रको बिषयमा राप्रपा नेपालले जिम्मेबारी भुमिका खेल्न नसकेको भन्दै खनाल राप्रपा नेपालबाट बाहिरीएर मोर्चा अभियानमा लागेका व्यक्ति हुन । दुवै अहिले पूर्वबाट हिन्दुराष्ट्र पूर्नस्थापनाको अभियानको शुरुवात गरेर ७५ जिल्ला र विदेशमा रहेका राजाबादी, धर्मबादीहरुसँग सम्बन्ध स्थापित गर्दै संगठन बिस्तारमा ब्यस्त छन् ।

सिनेट श्रेष्ठ भन्छन् ‘हामीसँग नेपाली सेना, नेपाल प्रहरी र माओवादी आन्दोलनमा योगदान गरिसकेका जुझारु युवाहरु छन् । उनीहरुलाई हामी प्रशिक्षण गरिरहेका छौं ।’
हामी आन्दोलन गर्दैनौ । आन्दोलनले परिवर्तन ल्याउन सक्दैनौ किनकी हामीले दलले गरेको धेरै आन्दोलन देखिसकेका छौ । त्यसैले हामीले क्रान्ति गर्छौ श्रेष्ठ भने जनतालाई संगठित गरेर सुनसरी जिल्लाबाट क्रान्तिको विगुल फुक्छौ । क्रान्तिको अन्तिम रुप हतियार सहितको आन्दोलन हो । आवश्यक परे त्यसको लागि हामी पछि पर्दैनौ ।’

अहिले जिरायतमा बसेर युवाहरुले गरिरहेको तालिमलाई उनी प्रतिरक्षाको लागि भएको दावी गर्छन । सिटेन थप्छन,‘ हामीले राष्ट्रकोलागि मर्नु परे पनि मर्न तयार छौ भनेर उद्घोष गरिसकेका छौ । बाध्य भए सशस्त्र आन्दोलनकोलागि पनि पछि पर्दैनौ ।’

मोर्चाका अर्के अभियान्ता योगेन्द्र खनालले अभियान सिर्फ हिन्दुराज्यको पक्षमा जनलहर बटुल्न भएको बताउँछन् । ‘अब यो देश हिन्दुराज्य पक्षमा उभिनु पर्छ,’ उनले भने, ‘त्यस कारण यो क्रान्तिका लागि प्रशिक्षण आबश्यक छ ।’

देशभरिका शैक्षिक संस्थामा दुईदिने हड्ताल गर्न 'आदेश' दिएको माओवादी क्रान्तिकारीको विद्यार्थी संगठनका कार्यकर्ताले सोमबार काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरे।
आफ्नो 'आदेश' नटेरेको भन्दै कर्यकर्ताले तोडफोड गरेपछि विद्यार्थीको सुरक्षा जोखिममा पर्ने डरले मंगलबार लगभग देशभरिका सबै स्कुल-कलेज ठप्प छन्।
निजी स्कुलदेखि विश्वविद्यालयसम्मले हचुवा भरमा वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने, गरिब विद्यार्थीले मेडिकल शिक्षा नि:शुल्क पाउनुपर्ने लगायत माग राख्दै उक्त संगठनले देशभरका शैक्षिक संस्थामा हड्ताल गरेको हो।
विद्यार्थीको सुरक्षा प्रभावित गर्ने गरी बन्द हड्ताल गराउने दलका प्रमुख नेताका छोराछोरीले कहाँ पढिरहेका होलान्?
माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द 'विप्लव' ले आफ्ना छोरालाई महंगो शुल्क तिर्नुपर्ने चितवन मेडिकल कलेजमा एमबिबिएस पढाइरहेका छन्। चन्दपुत्र प्रकाशले आफू शुल्क तिरेरै निजी मेडिकल कलेजमा पढिरहेको सेतोपाटीलाई बताए।
'तपाईं आफैं त्यत्रो महँगो शुल्क लाग्ने क्याम्पसमा पढिरहनुभएको रहेछ नि?' भन्ने प्रश्नमा प्रकाशले जवाफ दिए, 'पढ्न पाउनु त मेरो अधिकार हो नि हैन र?'
उनले थपे, 'मैले युद्धकालभरि रुकुमको सरकारी स्कुल पढेँ, आइएस्सी अस्कलमा पढेँ। एमबिबिएस पढ्न यहाँ आएको हुँ। मलाई हरि (कलेजका सञ्चालक) सरले केही सहुलियत दिनुभएको छ। सुरुमा दस लाख बुझाएको हो, त्यसपछि वर्षैपिच्छे एक-दुईलाख तिरेर पढिरहेको छु,' उनले भने।
उनी आफ्ना बाबुको पार्टीको विद्यार्थी संगठनमा पनि आबद्ध छन्।
'तपाईंहरुको बन्द हड्तालले सर्वसाधारणका छोराछोरीको पढ्न पाउने अधिकार खोसियो भन्ने लाग्दैन?'
'बन्द हड्ताल राम्रो विकल्प त होइन तर विद्यार्थीकै हकहितका माग राखेर हामीले बेलाबेला सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनेन। त्यसैले सरकारलाई नै दबाब दिन हामीले हड्ताल र बल प्रयोग गर्नुपरेको हो,' प्रकाशले भने।
चिकित्सा शिक्षामा कायम बेथितिविरुद्ध डाक्टर गोविन्द केसीले शृंखलाबद्ध आमरण अनसन बस्दा चन्दले मुखसम्म खोलेका छैनन्। स्कुल तोडफोडमा उनकै नेतृत्वको भ्रातृसंगठनले प्रेस विज्ञप्ति जारी गर्दै जिम्मेवारीसमेत लिएपछि सेतोपाटीले उनीसँग फोन सम्पर्क गरेको थियो। उनले फोन उठाएनन्।
निजी स्कुल सञ्चालकहरु भने चन्दको पार्टीले चन्दाका लागि आफूलाई दु:ख दिन बन्द हड्ताल गरेको आरोप लगाउँदै आएका छन्। विगतमा पनि बन्द गर्ने र 'कुरा मिलेपछि' फिर्ता लिने गरेको उनीहरुको भनाइ छ।
प्रिय जोया
हुन त म साइनोमा तिम्रो कोही पर्दिनँ । तिमी र ममा देशको भिन्नता छ । भाषाको भिन्नता छ । लवाइ–खवाइको भिन्नता छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान् साइनो छ, त्यो हो मानवीयता र नारीको साइनो । मजस्तै तिमी पनि नारी अनि कसैकी आमा, कसैकी छोरी, कसैकी चेली हौ । सबैभन्दा उच्च कुरो तिमी एक बहादुर आमा हौ ।
यही कारण हो, जसले मलाई तिम्रानिम्ति दुई शब्द कोर्न बाध्य बनायो । यही कारण हो, तिम्रा हरेक पीडाले मेरो मन छोयो । केही दिनअगाडि देखि सामाजिक सञ्जालमा एउटा अपुष्ट खबर छापियो कि एक फिलिपिनी महिला छोराछोरी लिएर रूँदै सडकमा अलपत्र परेकी छिन् भनेर । बिस्तारै–बिस्तारै दिन बित्दै जाँदा त्यो समाचार आगो फैलिएसरी फैलँदैै भाइरल भयो ।
तिमी फिलिपिन्सबाट दुबईमा ती नेपाली युवकजस्तै श्रम गर्न आएकी थियौ । अझ तिम्रोबारे लेखिएको थियो कि तिमी तीन÷चार वर्षपहिले पैसा कमाउन गएको एक नेपाली युवकसँग प्रेममा पर्यौ, जो आफैँ कुलतमा फसेका थिए रे । र, तिमीले उसलाई सक्दो सहयोग गर्यौ । यहाँसम्म कि तिमीले आफूले दिन–रात नभनी जोडेको पैसाले तिम्रो प्रेमी भनाउँदो त्यो युवकलाई नेपाल ल्याउन सफल भएकी थियौ ।
र, ती युवकको प्रेममा परेकी तिमीलाई तिम्रो भनाइ र समाचारमा आएका लिखित भनाइअनुसार त्यो प्रेमीले विभिन्न प्रताडना दिइरह्यो । कस्तो अनौठो लाग्ने हगि ? जसको प्रेममा परेर तिमीले आफ्नो देश छाड्यौ, जिन्दगी नै धराशयी बनाएयौ । उसैले तिमीलाई यत्तिका पीरव्यथा आँसु र पीडा कसरी दिन सक्यो ? कि ऊ साँच्चिकै मानव थियो ? या उसले तिमीलाई खेलौना ठान्यो ? कि तिमी विदेशी केटी भएकाले जे–जस्तो व्यवहार गरे पनि मिल्छ भन्ने सोच्यो उसले ? के यही प्रेम थियो ? तिम्रो बलिदान र त्यागको बदलामा तिमीलाई उसले दिएको प्रेम यस्तै थियो ?
उफ्, आज यी शब्दहरु केलाउँदाकेलाउँदै मेरो औँला काँपेका छन् । मन आन्दोलित भएको छ । असह्य पीडाको अनभूति भएको छ । किनकि तिम्रो प्रेम र त्यागलाई आज नाजायज प्रेमको एउटा स्वरुप बनाइएको छ । तिम्रो प्रेमको बलिदानलाई अवैधानिकताको ल्याप्छे लगाइएको छ । तिमीले बिताएका हरेक दिनको हर्जना तिराइएको छ । तिमीले पाएका पीडाको तिरस्कारको उल्टो तिम्रो देशले हर्जना तिर्नुपरेको छ ।
यो कस्तो विडम्बना हो, यो कस्तो अन्याय हो ? आजको अत्याधुनिक युगमा के सही, के गलत, के अन्याय, के न्याय सबैले छुट्याउन सक्ने भएका छौँ जोया । हो, तिमी विदेशी केटी थियौ र तिम्रो पीडा पनि विदेशीको पीडाजस्तो लाग्यो होला कसैकसैलाई । कसैलाई यी फिलीहरुलाई यस्तै व्यवहार गरिनुपर्छ किनकि यिनीहरु चरित्रहीन हुन्छन् । हो, आम रुपमा यस्तै–यस्तै मान्यता छ– आममान्छेमा फिलिपिनी महिलाप्रति । तर, म सत्य मान्दिनँ यस्ता आमगलत हल्लाहरुलाई ।
किनकि सबै फिली केटी चरित्रहीन हुँदैनन् । र, कुनै पनि कुरा सबै नराम्रा र सबै नराम्रा हुँदैण्हुँदैनन । हरेक ठाउँमा हरेक देशमा हरेक समाजमा राम्रा कुरा सँगसँगै नराम्रा विकृति नराम्रो परिवेश हुन्छन् । अनि अर्काे महथ्वपूर्ण कुरो तिमीले जसलाई प्रेम गर्यौ, आफ्नो प्राणभन्दा बढी प्रेम गर्यौ । नत्र त्यही नेपालीसँगै बिहे गर्नु र उसैका लागि आफ्नो जिन्दगी नै दाउमा किन लगाउने थियौ र ? यति ठूलो संसारमा तिमीजस्ती रुपवान् केटीले अरु पनि केटा भेट्न सक्थ्यौ ।
तर, प्रेमको लीला अपरम्पार छ । यही प्रेमका लागि ठुल्ठूला युद्ध भएका छन् । कैयौँ प्रेमी यही प्रेममा डुबेर आफूलाई विलीन बनाएका छन् । कतिले आफ्नो ज्यान दिए कतिले प्रेमकै नाममा अरुको ज्यान लिए ।
त्यसैले जोया, कसैलाई प्रेम गरेकै कारण तिमीले परदेशी भूमिमा पाउनु दुःख पायौ । भाषा, बोलिचाली रहन–सहन बेग्लै भएको बिरानो ठाउँमा तिमीले आफ्नो कल्कलाउँदो जीवन सिँचाइ गर्दै आफूलाई जीवनको सबैभन्दा महत्वपूर्ण कुरा आफूलाई आमा बनायौ । भनिन्छ, ‘एक साधारण व्यक्तिले जस्तातस्ता परिस्थिति सामना गर्न सक्दैनन् तर एउटी आमाले हरेक परीक्षा र परिस्थितिको सामना गर्न सक्छन् ।
यसैले त तिमीले यत्तिका दुःख पायौ । तिम्रा दुई छोरालाई छाड्न सकेनौँ । उनीहरुको बाबुले निर्वाह गर्न नसकेको कर्तव्य तिमीले सहर्ष स्वीकार्दै आफ्ना दुई संन्तान लिएर हाँसीखुसी आफ्नो देश (फिलिपिन्स) फर्कन सक्यौ । साँच्चिकै भन्नुपर्दा तिमीले तिम्रो प्रेमीबाट कानुनतः रुपमा वैधानिकता पाउन सक्छौ र तिम्रा छोराहरुले बाबुको नाममा सम्पूर्ण अधिकार पाउन सक्छन् । त्यो उनीहरुको जन्मसिद्ध अधिकार हो । हो, हाम्रो कानुनले तिमीलाई र तिम्रा छोराहरुको जन्मसिद्ध अधिकार दिनैपर्छ । । त्यसैले यसपालि तिमी गए पनि जुनै पनि दिन तिमी तिम्रो इच्छा भएको खण्डमा फर्केर आफ्नो गुमेको हक–अधिकार प्राप्त गर्न सक्नेछौ । र, तिमीलाई साथ दिने हामीजस्ता हजारौँ नेपाली हुनेछौ ।
यो लेख प्रकाशित हुँदा तिमी तिम्रो देश पुगिसकेकी हुन्छ्यौ होला । जोया, तिमी यात्रामै छौ कि । तर, तिम्रो पीडादायी कथाले हामी सम्पूर्ण नेपालीको मन पोलेको छ । छटपटी भएको छ । किनकि देशले सिमाना छुट्याउँछ, भाषा छुट्याउँछ तर मानवीय संवेदना र भावना छुट्याउन सक्दैन । किनकि मानवीय व्यवहार र मानवीय धर्मको कुनै सिमाना हँुदैन जोया ।
त्येसैले तिमीलाई तिम्रो अवस्थाका लागि हामी सम्पूर्ण नेपालीको तर्फबाट माफी माग्न चाहन्छु । किनकि तिमीसँग जे–जे गलत कुरा बित्यो, त्यो हाम्रा लागि समेत असह्य र गलत नै हो । कुनै पनि स्वाभिमानी नेपालीले आफ्नो देशमा आएका चाहे जुनै विदेशी हुन् चाहे जुनै सम्बन्ध जोडेर आएका हुन्, तिनीहरुप्रति अन्याय र नराम्रो व्यवहार गरेको सहदैनौँ । अझ त्यसमाथि तिमी त विदेशमा आपतमा परेको नेपालीलाई सहयोग गरेर हाम्रो देशमा भित्रिएकी थियौ ।
हो, तिम्रोजस्तै पीडाले पीडित नारी हाम्रा देशमा हजारौँ छन् । तर, ती स्वदेशी हुन् । जसले आफ्नै देशमा घरेलु हिंसाको सिकार भएका छन् । सयौँको संख्यामा नारी बलात्कार, दाइजो र असीमित रुपमा पीडित भइरहेका छन् । र, यस्ता घटना पक्कै राम्रो हुँदै होइनन् । त्यसैले हामीले गलत कुरालाई गलत नै भन्न सक्नुपर्छ । जुनै पनि घरमा आमाछोरी, दिदिबहिनी हुन्छन् । र, तिमीलाई जस्तै पीडा हाम्रा छोरीचेलीलाई नपर्ला भनेर कसैले ग्यारेन्टी दिन सक्दैनौ । त्यसैले हामीले नै हाम्रा छोरीचेलीलाई सजग हुन र सकेसम्म आफ्नो सुरक्षा आफँै गर्न सिकाउनुपर्छ । यो आजको युगको माग पनि हो ।
अन्त्यमा नेपाल बस्दा तिमीले जे–जस्तो व्यवहार भोग्न पर्यो, ती सबै नराम्रा कुरा तीता यथार्थ भनेर सधैंका लागि भुलिदिनू । जोया तिम्रा दुई छोरा हाम्रो छोरा हुन् । नेपाली रगत हुन् । हामीबीच हाम्रो देशको नाता छ । ती दुई छोरालाई उसको बाबाजस्तो नबनून् भनेर सक्दो सचेत बनाउनू । नत्र भोलि अर्की जोया बन्न के भर भो र ? तयसैले आउँदा दिनमा तिमी योभन्दा अझ बलियो कर्मनिष्ठ भएर अगाडि बढ्नू । तिम्रोजस्तै पीडा भएका अन्य नारीका लागि प्रेरणा स्रोत बन्न सक्नू, तिमीलाई यही शुभकामना म-हामी नेपालीको तर्फबाट ।

उही तिम्री नेपाली दिदी
जुनु राना 
बागलुङ, नेपाल 
हाल : हङकङ
काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतक परिवारसँग भेट गरेका छन् ।
घाइते भेट्न भनेर मंगलबार दिउँसो काभ्रेको बनेपा पुगेका ओलीले बनेपा तिर मेमेरियल हस्पिटलमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिए ।
मृतक परिवारलाई सान्तवना दिइसकेपछि धुलिखेल हस्पिटलमा उपचाररत घाइतेहरुलाई भेट्न पुगेका ओलीले उपचार खर्च र राहतका लागि आफू र आफ्नो पहल गर्ने आश्वासन दिए ।

मृतकका परिवार र घाइते भेटिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतकलाई राहत उपलब्ध गराउन पार्टी र आफूले पहल गर्ने तथा सरकारलाई दबाब दिने बताए ।
उनले आवश्यकताअनुसार सडकको अवस्था सुधार हुनुपर्ने तथा फराकिलो बनाउनुपर्ने भन्दै यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तत्काल अन्त्य हुनुपर्ने बताए । सिण्डिकेड अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउँदै ओलीले सडकमा गाडी गुडाउँदा सवारी साधनको अवस्था र सवारी चालक सक्षम हुनुपर्ने बताए ।

उनले भने– ‘सडक दुर्घटना रोक्न यातायातको क्षेत्रको सिण्डिकेड अन्त्य हुनुपर्छ, सडक राम्रो हुनुपर्यो, चालक सक्षम हुनुपर्यो, सवारी पनि कन्डिसनमा हुनुपर्यो । यी कुरामा सरकारले विशेष ध्यान दिनुपर्यो ।’
ओलीका साथमा पत्नी राधिका, एमाले नेता गोकुल बास्कोटा लगायको सहभागिता थियो ।
एजेन्सी । अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रु वाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ ।
आउनुस्, आहा हामी उनको केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ ।

यहाँ ज्याक माका १० भनाईहरु उल्लेख गरिएको छ । जुन उनको अनुभवमा आधारित छन् ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।
२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस्, जिन्दगीको मज्जा लिनुस् ।
३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?
६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।
८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।
नेपाली बुहारी को हक दिलाउ, हामी नेपाली यति घटिया र निर्दयी छौ भन्ने संदेश विश्व लाई नदेउ, नेपाल हाम्रो घर हो, र जोया हाम्रो घर को इज्जत हो, आफुलाई एउटा नामर्द, हुतुयारा, नेपाली सरकार भनेर नचिनाउ। नेपाली युवाले ले गरेको गल्तिको सजाय तेति सोजि नारी लाई नदेउ, बिचारा त्यो दुई बालकको के गल्ती अबोध नेपाली बालक माथी किन यति धेरै अन्याय गर्छौ। घरको अविभावक ले कस्तो संस्कार दिएछन् आफ्नो छोरालाई भन्ने कुरा हो, गल्ती जोया नेपाल आएर भएको हैन, गल्ती त जीवन थापाले गरेका हुन, उ बाटै भएको हो।


उस्ले जोयाको पासपोर्ट च्यातेर फालेका थिए, यसो गर्न हुदैन थियो।कानुनी रूपमा यो सरासर गलत कदम भएको हो। यो घट्ना बाट यति पनि बुझ्न सकिन्छ कि सायद जीवन ले पनि जोया आफू सङै बसोस् भन्ने चाहन्थे कि ! यदि हैन भने जीवन थापा लाई जोयाको माग अनुसारको सजाय मिलनै पर्छ। जीवन थापा जोयाको पत्ती हुन भन्ने हामिले भुल्न हुदैन। जोया नेपाल फर्किनै पर्छ यदि आफुलाई दयालु नेपाली सरकार सम्झिन्छौ भने। ती नारी मा मानवता छ भन्ने कुरा जीवन थपालाई यु ए ई को जेल बाट निकालेर ल्याएको भन्ने घट्ना बाट बुझिन्छ।


जोया ले आफ्नो आफ्नो मानव्ता देखाएकी थिईन। तर किन सरकारले मानव ता देखाउन सकेन,? यो विषयमा प्रश्न माथी प्रश्न खडा गरेर हुनेवाला केही छैन। गोर्खाली हरु साहसी अनि निडर हुन्छन् भन्ने विश्व लाई थाहा छ, तर फेरि यति बुहारीनै पाल्न नसक्ने हुतिहारा ससुरा किन बन्दैछौ सरकार ? हरेक नारी सङ्ग साहस हुन्छ, क्षमता हुन्छ तर तेहि जीवन थापा जस्ता कुबुद्धि भएका लोग्ने मान्छेहरुले दिएको पिडाकोे कारणके गर्दा कयौ नारीहरु आफुमा लच्किन पुग्छन्,लच्केका हुन्छन् जुन आज निर्दोष जोयालाई भएको छ।


यदि नेपाल सगरमाथा को देश, अनि बुद्ध जन्मेको देश भनेर विश्वसामु अरु चिनाउनु छ भने जोया लाई नेपाल बोलाउनै पर्छ, फर्काउनै पर्छ। नेपाल हाम्रो घर हो, हामी जनता नेपाली सद्स्य हौँ, र सरकार भनेको घर को मुल माछे हो, गल्ती त हरेक बुहारी हरु बाट हुन्छ, किनकी गर्दा गर्दै कुनै वेला दिमाग ले काम गर्दैन, र गर्न खोज्नेहरु बाट नै गल्ती पैदा हुन्छ, तर घर को मुल मान्छेले त गल्ती गर्न भएननी। यदि यसरिनै नेपाल सरकार बाट गल्ती हुँदै जाने हो भने हामिले कसरी नेपाली भनेर गर्व गरौ?, कसरी सगरमाथा को देश भनेर शिर ठाडो पारौं?, अनि कसरी बुद्ध जन्मेको देश नेपाल भनी आफू मानव भएको महसुस गरौ? अझै पनि केही बिग्रेको छैन सरकार।


आफ्नो घर सुधार्न सकिन्छ, जोया लाई नेपाल फर्काइयोस् चाहे दस औला जोडि हजुर हाम्रो बुहारी फर्काइ दिनुस् भनेर फिलिपिन्स सरकार सङग आफ्नो घर को इज्जत को लागि झुकन किन नपरोस्  अनि यहाँ मानवता झल्किन्छ। विश्वको इतिहासमा लेखिने छ, फेरि हामिले नेपाली हौ भनेर गर्व गर्ने ठाउँ रहन्छ, सदा सदा सगरमाथा जस्तै शिर ठाडो हुनेछ, गौतम  बुद्ध जन्मेको देश बास्तवमा नेपाल नै हो रहेछ भनेर विश्ले बुझ्ने छ।


म मेरो तर्फ बाट यति भन्न चाहान्छु। र यो कुरा माथी सम्म पुगोस् भन्न चाहान्छु, मेरो नाम दिनेश परियार भरौल सुनसरी पुर्व नेपाल, सम्पुर्ण भरौल बासी बुद्धिजीवी, विद्यार्थी महिला, युवा पत्रकार, हरुमा अनुरोध गर्न गर्न चाहान्छु।यो कुरालाई उठाईयोस् , सरकार सामु पुर्याईयोस्। जोया यानिकी नेपाली बुहारीलाई नेपाल फर्काइयोस्। ती दुई बालक हरुको भविस्य सुनिस्चित नेपाल सरकार बाट गरियोस्। शेयर र कमेन्ट गर्दै जानू होला, यति सम्मकी बहिरो र अन्धो सरकारको दिमाग् र कान सम्म पुगोस् , धन्यवाद जय नेपाल।

खोटाङ, साउन ३२ । ‘श्रीमती त मरेर गइन् नै,’ एक युवाले भने, ‘हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।’

ब्लड क्यान्सरबाट पीडित श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोखेका हुन् ।

क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारका क्रममा साउन ३० गते मृत्युु भएको हो ।

काठमाडौंको सिभिल अस्पतालमा उपचार गराउने क्रममा कविताको मृत्यु भएपछि उनको नौमहिने बालकको बिचल्ली भएको छ । कविताले आफू नबाँच्ने थाहा पाएपछि छोरा बचाइदिन आग्रह गर्दै सहयोगको याचना गरेकी थिइन् । काखमा दूधेबालक च्यापेर उपचार गराइरहेकी कविताले आफू मर्नुअघि भनेकी थिइन्, ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस् ।’

क्यान्सरपीडित कविताले आफू र आफ्नो छोरा बचाइदिन आग्रह गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि सहयोग रकमसमेत जुट्न थालेको थियो । ऋणपान गरेर काठमाडौँको भैँसेपाटीमा कोठा लिएर उपचार गराइरहेकी कवितालाई अस्पतालले २० लाख रुपैयाँ लाग्ने बताएपछि सहयोगको याचना गरेकी थिइन् ।

कविताको मृत्यु भएपछि उनको उपचारमा सहयोग गर्न विभिन्न देशबाट सङ्कलन भएको करिब ६ लाख रुपैयाँ रकम हस्तान्तरण गर्न नपाइएको खोटाङ बास्पानीका राजन राईले बताए । ‘सहयोग रकम लिएर हामी अस्पताल गएका थियौँ,’ एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका राईले भने, ‘उनको विहानै मृत्यु भइसकेको खबर सुन्नासाथ हामी मर्माहत भयौँ ।’

देश तथा विदेशबाट सङ्कलित सहयोग रकम नाबालकको नाममा बैंक खाता खोलेर जम्मा गरिदिने तयारी गरिएको राईले जानकारी दिए ।

‘दुई/तीनजना संरक्षक बसेर बालकको नाममा खाता खोल्ने तयारी गरेका छौँ,’ उनले भने, ‘बैंकमा जम्मा हुने रकम उनै दूधेबालकको लालनपालन तथा शिक्षादीक्षामा खर्च हुनेछ ।’

दुई वर्षअघि अशोकसँग विवाह भएकी कवितालाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको पारिवारिक स्रोतले जनाएको छ । निम्न आर्थिक अवस्था भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । घरमा रहेकी श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जानबाट वञ्चित बनेका छन् ।

वैदेशिक रोजगारीकै माध्यमबाट घरपरिवार धान्दै आएका अशोकलाई श्रीमतीको मृत्यु भएपछि पुनः विदेश जान नपाएपछि समस्या भएको हो । खार्मी–५ मा १८ वर्षअघि जन्मिएकी कविताकी आमाको समेत यही महिनामा मृत्यु भएको थियो । आमाको अन्तिम संस्कारको दिन छोरी कविताको समेत क्यान्सरका कारण मृत्यु भएपछि दुवै परिवार शोकमा डुबेका छन् । (रासस)

 यो उथलपुथल हुँदै गरेको समाजको अटल नेपाली माया !
भाउजू सकुशल माइती पुग्नु भयो होला यहि कामाना नि गरे । खै कसरी सुरु गरौ यी पत्रको हरफ हरु…… अत्यन्त कहाली लाग्दा तपाईंको नेपाल बसाई कस्तो भयो कुन्नी ?? नेपाल जस्तो पुरुष प्रधान देशमा तपाईं जस्तो महिला लाई अधिकार सम्पन्न बनाइएको फिलिपिन्स बाट नेपालमा पाइला राख्नु भएपछि थाहा भयो होला । नेपाली महिला हरुको अवस्था के रहेछ नजर अन्दाज गर्नु नै भयो होला ? खै के भनौ भाउजू हाम्रो समाजै एस्तै छ देशको न्याय कानुन परिवर्तन हुनुपर्छ भनेर पटकपटक क्रान्ति आन्दोलन भै सके पटक पटक महिला अधिकारको लागि आन्दोलन भए  रातारात च्याउ उम्रेसरी महिला मुक्तिको लागि हजारौं सस्था खडा भए । जसरी सस्था खडा भए त्यस्तै समस्या हरु झन खडा भए दैनिक जसो हत्या, बलात्कार, दाइजो नदेको झोकमा दैनिक जसो महिला हरु जलाइए छोरी मात्रै पाएको निहुँमा सैयौ लाई घरबार बिहिन बनाइए, बोक्सीको आरोपमा मुलमुत्र ख्वाइन्छ । एस्तै छ नेपालको महिला माथिको स्थिती यस्तो स्थितिमा तपाईंको पक्षमा बोली दिने कोहि भएनछन । हुनत तपाईं जस्तोको पक्षमा नेपालमा बोली दिने नै को हुन्छ र ?? तपाईं एउटा क्रिश्चियन देशको नागरिक क्रीस्चियन पनि पर्नु भयो होला ?? हामी पनि अधिकार यी बेथिति कुरिती अन्त्याको लडाइँमा नै छौ ।

अहिले हामीलाई र हाम्रो आन्दोलन लाई संसारको अगाडी बदनाम बनाउन जातिय आरोप लाईदैछ । खैर यी कुरा छोडौ तपाईंले त ससम्मान बिदा पाउदा नि अधिकार सहित बिदा पाउनुपर्ने हो । झन तपाईंलाई त इलिगल घोषणा गरेर तपाईंको देशको दुतावास खोजेर सात लाख जरिवानापो तिराईएछ । तपाईं एक महिने टुरिष्ट भिजामा आउनु भएछ तर एक महिना पछि यो मान्छे किन फर्केन के भयो भनेर सरकारले कहिले खोजी गरेन तपाईं माथी परेको अन्यायको पनि कुनै मुल्यांकन भएनछ । अर्काको देशको चेली ल्याएर बिजोग पार्ने कुपुत्र जिबन थापाको नि कुनै सोधिखोजी भएनछ ? नत कुनै जरुरी नै देख्यो त्यहा तपाईंको मानवीयताको कुनै कदर भएको पाइएन बरु उल्टै तपलाई बिदाई होईन देशबाट लखेटिएको छ। हाम्रो नेपालि समाजलाई अाधार मान्ने हो भने तपलाई नङ्ग्याईएको छ र सर्वस्व लुटिएको छ। यो घटनाले वास्तवमा हामी नेपालिलाई केहि हदसम्म भएपनि बेईज्जत अवस्य गरेको छ। एउटा हाम्रो नेपाली हरुको मनमा प्रश्न हरु जागिरहेको छ । एउटि महिला जो बर्षौ देखि शारीरिक मानसिक आर्थिक पीडा सहदै आएकी थिइन्
उनैलाई ओभर स्टे भए बापत ७/७ लाख जरिबाना?
त्यो पैसा उनले तिर्नु नपरे पनि मानसिक पीडा भयो कि भएन ?
समय परिस्थिति र संबेदनशीलता हेरेर त्यो पैसा छुट मिनाह दिनु पर्ने हो कि हैन ?
एक हिसाबले नेपाली नागरीक संग बिहा गरेर २/२ वटा बच्चा भए पछि उनी नेपाली नागरीक स्व सरह हो कि हैन?
तपाईं लाई जुन तरिकाले ससम्मान बिदा हुनुपर्ने नेपाली अङ्गकृत अधिकार पाउनुपर्ने, अङ्स, पासपोर्ट पाउनु पर्ने बेला तपाईं माथी जुन अपमान भएको छ ।
म र हामी भन्न चाहन्छौ

#Iam_sorry_Joya_bhauju
#we_are_sorry_Joya_bhauj…

यस्तै छ यहाको चलन यो चलनलाई तोडदै तपाईंको पक्षमा आवज हरु बुलन्द उठ्दैछन ।
आसा गरौ तपाईंले छिट्टै न्याय पाउनु हुने छ ।
उहीँ तपाईंको अपरिचित देवर

काठमाडौं, साउन ३२ । मधेस केन्द्रित दलले मधेस आन्दोलन अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ ।

मोर्चा र गठबन्धनले मधेस र आदिवासी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी ६८ जनाको निधन भएको भन्दै सहिद प्रस्ताव गरेका छन् ।

संविधानप्रति असन्तुष्ट दललाई जसरी पनि मनाउने तयारीमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले मन्त्रालयबाट सूची मन्त्रिपरिषद पुगेपछि सोझै पास गर्ने सम्भावना तीव्र छ ।

सत्तारुढ गठबन्धन र मधेसकेन्द्रीत दलले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति यसअघि जुटाइसकेका छन् ।

सरकारले यसअघि नै मधेस–आदिवासी आन्दोलनमा ज्यान गुमाएका ४२ जनालाई सहिद घोषणा गरिसकेकोमा मोर्चा र गठबन्धनले धमाधम नाम थपिरहेका हुन् ।

गृहमन्त्रालयको पछिल्लो सूचीले ६२ जना मृतक उल्लेख गरे पनि मोर्चा र गठबन्धनले आइतबार छुट भएको भन्दै थप ६ नाम पठाएका छन् ।

पछिल्लो सूचीमा सप्तरीका बालकृष्ण राय र शिवशंकर दासको नाम पारिएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं मोर्चाका सप्तरी नेता शैलेन्द्रकुमार साहका अनुसार दासको करेन्ट लागेर र रायको सवारी दुर्घटनामा मृत्यु भएको हो । ‘उनीहरु आन्दोलनमा कार्यकर्ता ओसार्ने क्रममा दुर्घटनामा परेका हुन्,’ उनले भने, ‘त्यसैले सहिद सूचीमा राखिएको हो । –नागरिक दैनिकबाट


काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कांग्रेस नेता एंव गृहमन्त्री विमलेन्द्र निधिको तस्बिर कांग्रेस मुख्यालयमै जलाएका छन् । उनीहरुले गृह मन्त्रालयको दुरुपयोग गरेर नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता विरुद्ध प्रहरी परिचालन गरेर आक्रमण गर्न लगाएको भन्दै निधि विरुद्ध चर्को नाराबाजी गरेका हुन् । उनीहरुले निधिलाई भारतीय दलाल समेत भनेका छन् ।


सोमबार कडा सुरक्षा घेराबीच निर्वाचन समितिले नेपाली काँग्रेसको मुख्यालयमा उम्मेद्वारी मनोनयन गराइरहँदा नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीहरुले निधिको तस्बिर चलाएका हुन् । उनीहरुले निधिलाई देश छोड्न चेतावनी समेत दिएका थिए । आइतबार प्रहरीले नेविसंघका पौडल निकट कार्यकर्ताहरुमाथि हस्तक्षेप गरेपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । आइतबार भएको झडपमा पौडेल निकट विद्यार्थीहरु घाइते भएका थिए ।

अन्तत सहमित
यसैबिच  नेविसंघको विवाद मिलेको छ । प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच सोमबार छलफलपछि सहमति बनेको बताइएको छ ।  दुई नेताबीच भएको छलफलका आधारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्माले भागबण्डाका आधारमा पाएका प्रतिनिधिलाई उपत्यका बाहिरबाट समेत प्रतिनिधित्व गराउने गरी समझदारी बनेको हो ।

विधिव्त महाधिवेशन गराउनुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी समूहले २ सय १५ र महेन्द्र शर्मा पक्षले १ सय १० प्रतिनिधि पाएको थियो ।  त्यसरी पाएका प्रतिनिधि गैर विद्यार्थी रहेका र सवैजसो उपत्यकाबाट प्रतिनिधित्व भएको भन्दै पौडेल पक्षीय विद्यार्थी समूहले आपत्ति जनाउँदै आएको थियो ।

सभापति देउवाले सहमतिमा नआएपनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने प्रकृया अघि बढाएपछि पौडेल पक्ष लचिलो बन्दै सहमतिमा आएको हो । पौडेल पक्षले आफ्नो टिमको प्यानल बनाउन समय लाग्ने भएकाले मंगलबारसम्म मनोनयनको समय माग गरेको छ । दुवै पक्षलाई निर्वाचनमा सहभागि गराउन मंगलबारसम्मको समय थप गर्ने तयारी भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

विहान ११ बजेसम्मका लागि तोकिएको मनोनयनको समय पटक(पटक थप गर्दै सांझ ६ बजेसम्म पुर्‍याईएकोमा पछि देउवा र पौडेलबीचको सहमतिले त्यसलाई मंगलबार बिहान ८ सम्मलाई तोकिएको छ ।

३१ साउन, काठमाडौं ।

विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसीप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ।

५० ओभरमा ९ विकेट गुमाएर नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले ४८.३ ओभर खेल्दै १० विकेटको क्षतिमा मात्र १९८ रन जोड्न सक्यो।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले आज लक्ष्य अनुरुपकै प्रदर्शन गर्यो । शनिबारको पहिलो खेलमा पहिलो बलमै आउट भएका कप्तान पारस खड्काले आज उत्कृष्ट प्रदर्शन गरे । लिस्ट ए म्याचमा पाचौं अर्धशतक पूरा गरेका पारस शतक बनाउन १६ रनले चुके । अर्धशतक पूरा गरेपछि आक्रामक ब्याटिङ गरेका पारस क्याच आउट हुन पुगे । ९४ बल खेलेका पारसले ७ चौका र १ छक्काको मद्दतमा ८४ रन जोडे । पारसलाई साथ दिएका सागर पुनले ४५ रन जोडे ।

ओपनर ज्ञानेन्द्र मल्ल ३९ रनमा पभेलियन फर्किए । ५२ बल सामना गरेका उनले एक छक्का र एक चौका हिर्काए । २ छक्का हानेका बिनोद भण्डारीले १४ बलमा १७ रन जोडे । शरद भेषावकर ६, ओपनर अनिल मण्डल र बसन्त रेग्मी ४/४ र सोमपाल कामीले २ रन जोडे भने राजु रिजाल बिना रन पभेलियन फर्किए ।

नेपालको लागि कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए। शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १-१ विकेटको योगदान दिए।

म्याचको डिटेल हेर्नुस् (espncricinfo बाट)




डडेल्धुरा–बसको एउटै सिटमा बसेको काखे छोरालाई बचाए पनि श्रीमतीलाई हरिश खड्काले बचाउन सकेनन् ।
जब बस सडकबाट तल खस्यो, दुई वर्षे दुधे बालक राजिव खड्का र उनको जीवनसंगिनी नारु खड्का बससँगै खोलामा खसे ।

उनले भने, ‘छोरा १०० मिटरमाथि खसेको थियो, श्रीमती १०० मिटर तल खसेकी थिइन् । म त्यहाँ पुग्दा उनले यो संसारबाट बिदा लिइसकेकी थिइनु ।’

नारुको अन्तिम बोली राजिव रुँदा यता आउ भन्दै छट्पटाइरहेकी हरिशले बताए ।

उनको मृत्यु भएपछि हरिश छोरालाई काँखमा च्यापी उप–क्षेत्रीय अस्पतला डडेल्धुरमा उपचार गराउन आए । अब उनीहरुको भेट कहिल्यै हुँदैन् ।

धनगढीबाट बझाङ सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना५ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर गाविस–३ ज्याफुमा आज दिउँसो दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो ।


श्रावण ३१, २०७३- फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भएको छ ।

मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर हानेका थिए । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राणाको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।

आपराधिक पृष्ठभूमिका राणा कांग्रेस प्युठानका क्षेत्रीय सभापति हुन् ।


काठमाडौं, साउन ३१ - आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालका कप्तान पारस खड्का सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । सोमबार नेदरल्याण्ड्ससँगको खेलमा ८४ रन बनाएका उनले जारी प्रतियोगितामा ३ सय ५२ रन बनाएका हुन् । 
नेदरल्याण्ड्ससँगको पहिलो खेलमा शनिबार खाता खोल्न नसकेका पारसले दोश्रो खेलमा ९४ बलको सामना गर्दै ८४ रन बनाएका हुन् । उनले ७ चौका र १ छक्का हाने । पारसले यो सहित गरेर जारी प्रतियोगितामा अहिलेसम्म आठ खेलमा गरेर ३ सय ५२ रन बनाएका छन् । त्यस क्रममा उनले एक शतक र ३ अर्धशतक पुरा गरेका छन् । गएको अप्रिलमा काठमाडौंमा भएको नामिबियासँगको दोश्रो खेलमा उनले शतक पुरा गरेका थिए । 
धेरै रन बनाउने खेलाडीको सूचिमा दोश्रो स्थानमा नेपालका शरद भेषावकर छन् । नेदरल्याण्ड्ससँगको दोश्रो खेलमा ६ रन बनाएको उनले अहिलेसम्म यो प्रतियोगिताको ८ खेलमा २ सय ९४ रन बनाएका छन् । शरदले जारी प्रतियोगितामा ३ अर्ध शतक हानेका छन् । तेश्रो स्थानमा युएईका शाहीमान अनवर छन् । उनले ७ खेलमा ३ अधशतकको मद्दतमा २ सय ८५ रन बनाएका छन् । प्रतियोगितामा अब नेपालले केन्या, हङकङ र युएईसँग दुई–दुई गरेर जम्मा ६ खेल खेल्न बाँकी छ । केन्यासँगको खेल सन् २०१७ को फ्रेब्रुअरी–जुलाईमा, हङकङसँगको खेल सन् २०१७ को जुलाई–नोभेम्बरमा र युएईसँगको खेल सन् २०१७ को नोभेम्बर–डिसेम्बरमा हुने छ । 
आठ टिम सहभागी यो प्रतियोगिताको शीर्ष ४ मा रहने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछन् । पुछारका चार टोली भने डिभिजन २ मा झर्ने छन् । 

काभ्रेको बिर्तादेउराली-९ खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।

हेलिकोप्टरले घाइतेहरुलाई काठमाडौं विमानस्थल ल्याइ पुर्याउनासाथ अस्पताल लैजानका लागि विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी गृहमन्त्रालयले गराएको छ । 

गृह मन्त्रालयका अनुसार बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ  र करिव तीन दर्जन बढी घाइते भएका छन् ।  घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर घटनास्थल पठाइएको छ। 


दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। गृह प्रवक्ता यादवप्रसाद कोइरालाले घाइते सबैलाई हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थानमा राख्न निर्देशन दिइएको बताए।
काठमाडौं, ३१ साउन । सत्यनिरुपण तथा मेलमिलाप आयोगले गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नसकिने स्पष्ट पारेको छ ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै आयोगका पदाधिकारीले नियन्त्रणमा लिएर गरिएका हत्या, बलात्कार लगायतका गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नसकिने बताए ।
आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले भने- ‘गम्भीर घटनामा माफी दिन सकिदैन् । हामीले अनुसन्धान गरिरहेका छौं । दोषी जो हो उ जेल जानैपर्छ ।’
आयोगका पदाधिकारीको यस्तो निर्णय सुनेपछि प्रधानमन्त्री दाहालले पनि आफू द्वन्द्वकालका सबै घटनामा आममाफी दिनुपर्ने पक्षमा नरहेको बताए ।


ख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारण सरकार गिरेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्ना निकटकालाई बताउने गरेको स्रोतले बताएको छ ।अख्तियार दुरुपयोग आयोगले कृष्णबहादुर महरासँगै पुष्पकमल दाहाल प्रचण्डलाई समेत तान्ने भएका कारण राष्ट्रवादी सरकार ढलेको श्रेष्ठको निष्कर्ष छ ।
अकुत सम्पत्ति कमाएको भनेर अख्तियारले अनुसन्धान गरिरहेका अर्थ मन्त्री महराले भारतसग लम्पसार परेर केपी शर्मा ओलीको नेतृत्वको सरकार ढालेको श्रेष्ठको ठम्याई छ । वैचारिक, राजनीतिक रुपमा झण्डै शून्य र युद्ध चेतनाका वर्षमान पुनलाई वाह्य र आन्तरिक राजनीतिक समीकरण मिलाउने जिम्मेवारी दिएकोमा पनि नारायणकाजी असन्तुष्ट रहेको कुरा वर्षमान पुनलाई रिपोर्टिङ्ग भएको चर्चा माओवादी केन्द्रको हेडक्वाटर पेरिसडाँडा हुने गरेको समाचार स्रोतको दाबी छ ।

कोटाका आधारमा होइन कार्य मूल्यांकनका आधारमा सरकारमा पठाउनुपर्ने भन्दै सक्षम, राम्रो काम गरेका गिरिराजमणि पोखरेललाई दोहो¥याउनुपर्ने पनि नारायणकाजीको अडानका कारण लामो समयसम्म ५ जना मन्त्रीहरु समेत माओवादी केन्द्रले छनोट गर्न सकेको थिएन । हिजो केपी ओलीको सरकारमा गएका कुनै पनि एमाओवादी मन्त्रीले आफ्ना नातापाताका मान्छे पीए नराख्ने र अवसर नदिने नीति अंगालेको भएतापनि प्रधानमन्त्री प्रचण्डले आफ्नै चरित्रहीन बहुपत्नी छोरा प्रकाशलाई पीए राखेको मात्र अन्य सहयोगीहरुमा समेत आफ्ना निकट र नातेदारलाई पठाएको आरोप लागेको छ ।


काठमाडौं ।काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त हुदाँ २४ को मुत्यु भएको छ । ४२ जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थास्थानियवासी पुस्कर राज पन्तले छन्।

ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ। २७ जनाको मृत्यु भएको स्थानियवासी पुस्कर राज पन्तले बताए । पन्तका अनुसार ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ।

बसभित्र धेरै मान्छे च्यापिएको र उनीहरुको उद्धार गर्न स्थानीयलाई गाह्रो परिरहेको पन्तले बताए। ओभरलोड दुर्घटनास्थलमा नेपाली सेना , प्रहरीको उद्धार कार्य जारी छन् ।