Latest News

म जिउँदो हुँदासम्म भारतलाई नेपाली भूमि मिच्न दिन्न: देवनारायण यादव


काठमाण्डु, १८ साउन– सप्तरीको तिलाठीमा भारतीय पक्षले एकलौटी रुपमा बाँध बनाउँद गर्दा त्यसको प्रतिवाद गर्ने दुई नेपालीलाई काठमाण्डुमा अभिनन्दन गरिएको छ ।
राष्ट्रिय स्वाभिमानका लागि युवा अभियानले भारतीय पक्षले नेपाली भूमि मिचेर एकलौटी बाँध बनाउँदै गर्दा त्यसविरुद्ध लड्ने देवनारायण यादव र दुर्गानन्द झाको सम्मानमा मंगलबार राजधानीको एक होटलमा अभिनन्दन कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा बोल्दै बाँध बनाउन रोक्ने क्रममा घाइते भएका यादवले आफू जिउँदो हुँदासम्म भारतलाई नेपाली भूमि मिच्न नदिने बताए । उनले आफू सधै नेपाली भूमि रक्षाका लागि लड्ने बताउँदै कसैले पनि मिच्न नपाउने बताए ।
यादवले भने, ‘म जिउँदो हुँदासम्म कसैले पनि नेपाली भूमि मिच्न पाउँदैन म त्यसकोविरुद्धमा सधै लडिरहने छु ।
Loading...