Latest News

मन्त्रिपरिषद समेत बिस्तार नभैसक्दै कांग्रेसलाई ठुलो झट्का: ९ महिनामा सरकार बदल्ने सहमति भएकै छैन-प्रचण्ड


२२ साउन, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार नौ महिनाभन्दा बढी समयसम्म चल्ने बताएका छन्।

नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमा प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा बोल्दै दाहालले कांग्रेससँग ९ महिना मात्र सरकारको नेतृत्व चलाउने सहमति नभएको बताएका छन्।

कार्यक्रममा उनले आफूले गर्नुपर्ने कामहरू धेरै भएको भन्दै कुनै पनि समय सीमा तोकेर आफू प्रधानमन्त्रीको कुर्सीमा नआएको दाबी गरे।

उनले भने,‘गर्नुपर्ने कामहरू धेरै छन्। काम गर्दै जाँदा ९ महिनामा नसकिने पनि हुनसक्छ त्यसैले ९ महिनाकै लागि प्रधानमन्त्री बनेको भन्ने बजार हल्ला गलत हो,’उनले भने, ‘ कांग्रेससँग केही सहमति भएको छ तर समय सीमा तोकेको छैन।’
Loading...