Loading...
काठमाडौं, २२ साउन । डोटीको राजपुरस्थित नेपाली सेना सुदूरपश्चिमाञ्चल पृतना मुख्यालयमा कार्यरत एक सैनिक जवान हतियारसहित फरार भएको खबर सार्वजनिक भएको छ ।
अत्याधुनिक हतियारसहित सैनिक जवान शनिबार फरार भएको खबर सार्वजनिक भएपनि नेपाली सेनाले भने पुष्टि गरेको छैन । फरार सैनिक जवानको नाम पनि खुल्न सकेको छैन ।khaila
हतियारसहित सेनाको जवान फरार भएकोबारे एकीन गर्न नेपाली सेनाले आन्तिरिक छानविन थालेको छ, भने हतियार गणना हुँदैछ ।
नेपाल प्रहरीले सुदूरपश्चिम क्षेत्रमा चेकजाँच कडा पारेको छ । सुदूरपश्चिमभरिका विभिन्न राजमार्गमा नेपाल प्रहरी र नेपाली सेनाका चेकपोस्टमा कडा चेकजाँच भइरहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढी–महेन्द्रनगर सडक तथा भीमदत्त राजमार्गमा बस र जीप कारका यात्रुका झोला खोलेर चेकजाँच हुँदैछ ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जवान फरार भएको वा नभएकोबारे एकीन हुन नसकेको बताए । ‘पृतनामा आन्तिरिक छानविन भइरहेको छ,’ हतियार गणना पनि भइरहेको छ’ प्रवक्ता कार्कीले भने-‘अहिले भन्न सकिने अवस्था छैन ।’
पृतनाका महासेनानी याम सापकोटाले सोधपुछ भइरहेकोले बाँकी कुरा अहिले भन्न नमिल्ने बताए ।
dainiknepal
Loading...

Social Buttons