Loading...
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई ‘मानसिक सन्तुलन गुमाएको’ भनेपछि नेकपा एमालेका भातृ संगठन विरोधमा उत्रिएका छन् ।
एमालेको प्रमुख भातृ संगठन युवा संघ नेपालले उक्त अभिव्यक्तिलाई लिएर सिंहविरुद्ध शनिबार साँझ राजधानीमा विरोध प्रदर्शन गरेको छ । संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा युवाहरुले काठमाडौंको गंगबुमा बिरोध प्रदर्शन तथा सभा आयोजना गरेका हुन् ।
बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पहारीले प्रधानमन्त्रीमाथि संसदमै कांग्रेस सांसद सिंहले गरेको असभ्य भाषा नेपाली जनतालाई अपमान गर्ने रणनीतिले भारतीयको डिजाइनमा बिदेशीको पाउ मोल्न गरिएको गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । सम्बोधनका क्रममा उनले यस्तो आक्षेप लगाउने सिंहलाई तत्काल देश निकाला गर्न माग गरे । उनले भने– ‘अब राष्ट्रवादी र राष्ट्रघातीको लडाइँ सुरु भयो । जित राष्ट्रवादीकै हुनेछ ।’
‘भारतीय दलाल’ अमरेशकुमारले नेपालका हरेक निर्णयमा भारतीयहरुको तर्फबाट आफू एजेन्टका रुपमा चिनाउँदै अनावश्यक भूमिका खेल्न खोजेकोमा बर्तमान सरकारले देखाएको राष्ट्रिय अडान र राष्ट्रियताको पक्षका निर्णय माथि प्रहार गर्न खोजेर सिंगो मुलुकका जनतालाई अपमानित बनाएको बताए ।
‘आज अमरेशकुमारहरु नयाँ सत्ता गठबन्धनको ताना बानाबाट प्रवेश गर्दै अन्त्यमा नेपाललाई सिक्किमीकरण गर्ने योजनाका साथ अगाडी बढेका छन्,’ अध्यक्ष पहारीले भने– ‘सबै राष्ट्रबादी नेपाली युवाहरुले यस्ता तत्वको अवान्छित गतिविधिकोबिरुद्धमा शसक्त उत्रनुपर्ने बेला आएको छ ।’
अमरेशकुमारलाई कारवाही नभएसम्म आन्दोलन गर्ने घोषणा पनी युवा संघका अध्यक्षले विरोध सभाबाटै गरेको छ । ‘जबसम्म अमरेशकुमार जस्ता भारतीय दलाललाई देश निकाला गरिन्न् तबसम्म हाम्रो आन्दोलन रोकिदैन् । भोलीदेखि देशव्यापी आन्दोलन सुरु हुन्छ ।’ विरोध सभामा अमरेशकुमारको पुत्ला समेत जलाइएको थियो ।
Loading...

Social Buttons