Latest News

आज संसद भवनमा स्थिति भयानक हुने भए पछि मर्यादापालकको संख्या बढाइयो


काठमाडौं ६ साउन | बजेटका आश्रित विधेयक अगाडि बढाउने कि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भन्ने विवाद बढेपछि संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मार्सल (मर्यादा पालक) को संख्या बढाइएको छ। कान्तिपु्र दैनिकमा समाचार छ।
सत्ताधारी दल एमालेले आश्रित विधेयक अगाडि बढाए संसद चल्न नदिने तयारी गरेका छ भने अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र र नेपाली कांग्रेसलगायतले अविश्वासको प्रस्ताव अगाडि बढाउनु पर्ने अडानमा छन्।

दलबीचको विवादमा संसदभित्र अप्रिय घटना हुन नदिन प्रहरीले संसद सचिवालयसँगको समन्वयमा कसिलो सुरक्षा योजना बनाउँदै मार्सलको संख्या थपेको हो। स्रोतका अनुसार अहिले संसदमा प्रहरी एसपीको कमान्डमा ९१ जना मार्सल खटिँदैआएका छन्।

बिहीबार सुरु हुने संसद अधिवेशनका लागि तयारी अवस्थामा थप ३० जना मार्सल खटाइएको प्रधान कार्यालय स्रोतले जानकारी दियो।

Loading...