Loading...
काठमाडौं, २५ असार - एकपछि अर्को गर्दै राष्ट्रियताका पक्षमा अडान लिएका प्रधानमन्त्री केपी ओलीले केही दिन पहिला भारतीय पक्षलाई नेपाल–भारत खुला सीमा भिसा सिस्टम लागू गर्ने प्रस्ताव राखेका छन्। नेपाल भारत प्रवुद्ध व्यक्ति समुहको बैठकमा भाग लिन आएका भारतीय प्रतिनिधिसँग प्रधानमन्त्री ओलीले तीनतिर खुला नाका भएको भारतसँग भिसा सिस्टम लागू गर्न प्रस्ताव गरेका हुन्।
बैठकमा भाग लिन आएका भारतीय प्रतिनिधिले वर्तमान सरकार विरुद्ध राजनीतिक भेटघाट गरेको थाहा पाएपछि ओली आक्रोशित भएका थिए। बैठकमा भाग लिन आएका भापना नेताहरु भगतसिंह कोसियारी तथा विजय जोलीले वर्तमान सरकार परिवर्तन गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरी सरकारको विकल्प खोजेको जानकारी पाएका ओलीले कोसियारी र जोलीलाई नेपाल– भारत खुला सीमामा भिसा सिस्टम लागू गर्नुपर्ने बताएका थिए। ‘तीनतिर खुला नाकाछ भन्दै नेपललाई अप्ठ्यारो पार्ने काम भयो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘चीनसँग जस्तै भारतसँग पनि भिसा सिस्टम लागू गर्नुपर्छ।’
प्रधानमन्त्रीसँग भेटगर्न बालुवाटार पुगेका कोसियारीलाई प्रधानमन्त्री ओलीले स्पष्टसँग नेपाल–भारत सीमामा पनि भिसा सिस्टम लागू गर्न आग्रह गरेका थिए। प्रवुद्ध समुहको बैठकमा पनि नेपाली पक्षले सो विषय राखेका थिए। जसमा भारतीय पक्षले नेपालसँगको भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको भन्दै त्यसो गर्न नहुने बताएका थिए।
यसैबीच भाजपा नेता भगतसिंह कोसियारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वर्तमान सरकारको विकल्प खोजे प्रधानमन्त्रीमा सहयोग गर्ने प्रस्ताव गरेका छन्। प्रवुद्ध समुहको बैठकमा भाग लिन केही दिन पहिला काठमाडौं आएका कोसियारीले ओली सरकारको विकल्पमा माओवादी नेतृत्वमा सरकार गठन गर्न सघाउने प्रस्ताव गरेको माओवादी स्रोतले जनायो। कोसियारीले एमालेलाई प्रतिपक्षमा राखेर कांग्रेस, मधेसी दल र अन्य दलको सहयोगमा प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। जवाफमा दाहालले तत्काल सरकारको विकल्प खोजे आफ्नो पार्टी पुन विभाजित बन्ने भन्दै ओली सरकारको विकल्प तत्काल खोज्ने पक्षमा आफू नरहेको बताएको स्रोतले जनाएको छ।
ओली सरकार परिवर्तन गर्ने आफ्ना सबै अस्त्र असफल भएपछि भारतीय नेताहरु रित्तो हात स्वदेश फर्केका छन्।
dcnepal
dcnepal
Loading...

Social Buttons